Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मी भलिबलकाे महिला र पुरुष दुवै उपाधि सत्यवतीको हातमा



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

डिबी खड्का, गुल्मी: गुल्मी सदरमुकाम तम्घासमा सम्पन्न भएको प्रथम गुल्मी भलिबल कप २०८० को दुवै विधाको उपाधी सत्यवती गाउँपालिकाले उचालेको छ । सत्यवती गाउँपालिकाले महिला, पुरुष दुबै तर्फ कालीगण्डकी गाउँपालिकालाई स्तब्ध पार्दै उपाधी उचालेको हो।

आज भएको फाइनल खेलमा महिला तर्फ सत्यवती गाउँपालिकाले कालीगण्डकी गाउँपालिकालाई २-१ को सेटमा पराजित हात पारेको हो । त्यस्तै तर्फ पनि पुरुष सत्यवती गाउँपालिकाले कालीगण्डकी गाउँपालिकालाई २-० को सोझो सेटमा हराउन सफल भयो ।

उपाधी सङै सत्यवती गाउँपालिकाले ७७ हजार सात सय ७७ रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र प्राप्त गर्दा द्वितीय भएको कालीगण्डकी गाउँपालिकाले ५५ हजार पाँच सय ५५ मेडल र प्रमाणपत्र पायो ।

सिंचाई
Forest
Ad.

त्यस्तै मुसिकोट नगरपालिकालाई पराजित गर्दै तृतीय बनेको चन्द्रकोट गाउँपालिकाले ३३ हजार तीन सय ३३ नगस सहित मेडल प्रमाणपत्र पाउँदा सान्त्वनामा चित्त बुझाएको मुसिकोट नगरपालिकाले ११ हजार एक सय ११ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

त्यस्तै महिला तर्फ सत्यवती गाउँपालिकाले ३५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाउँदा , दोस्रो बनेको कालीगण्डकी गाउँपालिकाले २५ हजार,तेस्रो बनेको गुल्मी दरबार गाउँपालिकाले १५ हजार र सान्त्वना बनेको रुरुक्षेत्र गाउँपालिलाले १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

भलिबल खेल र खेलाडीको बृहत्तर विकासको लागि जिल्ला भलिबल संघ गुल्मीले पहिलो पटक आयोजना गरेको पालिका स्तरीय प्रतियोगितामा जिल्लाका १२ वटा स्थानीय तह मध्य महिला तर्फ ९ वटा पालिकाले सहभागीता जनाएका थिए भने पुरुष तर्फ १२ वटै पालिकाले सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो