Salime Malika Krishi Farm

Awareness Campaign

दशैँ लगत्तै सुरु भयो सिद्धबाबामा सुरुङ निर्माणको काम



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

बुटवल: सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल पाल्पा जोड्ने सडक खण्ड अन्तरगत सिद्धबाबामा सुरुङ निर्माणको काम दशैं सकिएपछि पुनः सुरु भएको छ। चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनीयरिङ कर्पोरेसनले निर्माणको ठेक्का लिएको यो सुरुङमार्ग निर्माण क्रममा असारको पहिलो साता दुई वटा टनेल पहिरोले पुरिएपछि भौतिक निर्माणको काम स्थगित गरिएको थियो ।

सिद्धबाबा मन्दिर तलको डाइभर्सन काम सकेर टनेल पोर्टलको निर्माण र हेडबक्सनिरको माथिल्लो टनेल निर्माणको कामलाई तीव्रता दिएको बेलामा पहिरोले भत्काएको थियो । सुरुङमार्ग निर्माण परियोजनाको सूचना अधिकारी इन्जिनियर सविता ज्ञवालीका अनुसार बर्खाको समयमा भौतिक रूपमा देखिनेभन्दा पूर्व तयारीका अन्य काम गरिरहेको ठेकेदार कम्पनीले दशैंपछि भने भौतिक काम निर्माणको काम सुरु गरेको हो ।

गत वर्ष ग्लोबल टेन्डरबाट चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले यो सुरूङमार्ग निर्माणको जिम्मा पाएर ५ वर्षभित्र बनाउने सम्झौता गरेको छ । सुरुङ निर्माणका लागि चिनियाँ कम्पनीसँग २०२२ चैत ९ गते ७ अर्ब ३४ करोडको सम्झौता भएपछि पहिलो चरणको काम सुरु गर्न अहिलेसम्म ५८ करोड निकासा भइसकेको छ । उसले तोकिएको समय ९ महिनाभित्रै डिजाइन बुझाएको थियो । त्यही निर्माण कम्पनीलाई डिजाइनसँगै निर्माणको जिम्मा दिइएको थियो ।

सिंचाई
Forest
Ad.

आयोजनाका अनुसार १ हजार १२६ मिटर लामो सुरूङ पाल्पाको दोभानबाट शुरु भएर बुटवलको चिडिया खोला रामपिथेकस पार्कसम्म ल्याइने छ । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकको सिद्धबाबा क्षेत्रमा माथिबाट खस्ने पहिरोले बर्सेनि ठूलो दुर्घटना हुने गरेको छ । वर्षौंदेखि समस्या भएपछि अन्य कार्यभन्दा उत्तम ठानेर सरकारले सुरूङमार्गको निर्माण अघि बढाएको हो । स्विस सरकारको विकास सहयोगमार्फत सुरूङ मार्ग निर्माणका लागि भौगर्भिक अध्ययन गरिएको थियो। -ग्लोबल आवाज 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो