Smoking Causes Cancer

नवरात्रको नवौँ दिन भोलि तम्घासस्थान मन्दिरमा सेनाले सलामी अर्पण गर्ने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

अनिष पन्थी, गुल्मी: गुल्मीको रेसुङ्गा नगरपालिका-९, उपल्लो तम्घासमा रहेको तम्घासस्थान मन्दिरमा सोमबार अर्थात भोलि नेपाली सेनाद्वारा मन्दिरमा सलामी अर्पण गराइने भएको छ। बिजया दशमीको नवौं दिनको अवसर पारि नेपाली सेनाद्वारा सलामि अर्पण गराउन लागिएको हो ।

बिजया दशमीको अवसर पारी र सस्कृतिलाई जोगाउन मन्दिर परिसरमा सलामी अर्पण गराउन लगिएको रेसुङ्गा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष कृष्ण प्रसाद पाण्डेले जानकारी दिए।नेपाली सेना,नेपाल प्रहरी ,ससस्त्र प्रहरी बलको सयुक्त आयोजनामा सलामी अर्पण गराउन लागिएको वडाध्यक्ष पाण्डेले बताए । सलामी अर्पण कार्यक्रम १० बजेबाट सुरु हुने बताइएको छ ।

सोही स्थानमा कार्तिक १५ गतेदेखि २५ गतेसम्म उद्योग संघ गुल्मीको आयोजनामा प्रथम ऐतिहासीक गुल्मी महोत्सव समेत सन्चालन हुँदै छ। महोत्सवको तयारीपनि अन्तिम चरणमा पुगेको गुल्मी उद्योग संघका महासचिव सुदर्शन खनालले जानकारी दिए ।

सिंचाई
Forest
Ad.

महोत्सवमा ६० करोड बराबरको अपेक्षा राखिएको आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो