Clean Water Campaign

Awareness Campaign

गुल्मी प्रशासनद्वारा दशैँ लक्षित बजार अनुगमन



प्रेम सुनार
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी, कात्तिक ३: जिल्ला प्रशासन कार्यालय गुल्मीले दशैँ, तिहार लक्षित बजार अनुगमनलाई तीव्रता दिएको छ। सदरमुकाम तम्घास बजार क्षेत्रमा अनुगमनलाई प्रशासन कार्यालयले तीव्रता दिएको हो।

विभिन्न चरणमा तम्घासका खाद्य एवम् पेय पदार्थ भएका पसलहरूको अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिनुभयो । तम्घास बजारमा रहेका मासु पसल, दुग्ध डेरी तथा खाद्यान्न एवम् किराना पसलहरू र पेय पदार्थ भएका पसलहरूको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा व्यापारीहरूले बिक्रीका लागि राखिएका म्याद गुज्रिएका, मापदण्ड विपरीत व्यापार व्यवसाय सञ्चालन गरिएको भेटिएको अनुगमन टोलीले जनाएको छ । म्याद गुज्रिएका अखाद्य बस्तुलाई प्रक्रिया पुर्‍याएर नष्ट गरिने र मापदण्ड विपरीत भएकालाई मापदण्ड पुर्‍याउन आग्रह गरिएको सहायक प्रजिअ गैरे बताए ।

सिंचाई
Forest
Ad.

तम्घासमा गरिएको अनुगमनका क्रममा २१ वटा मासु पसल तथा दुग्ध डेरी र २५ वटा पसल अनुगमन गरिएको छ । जसमा २ र ३ वटा मासु पसल मापदण्ड विपरीत सञ्चालन गरिएको पाइएको छ । अन्य पसलबाट १५ हजार ७७० रुपियाँ बराबरको म्याद गुज्रिएको सामान जफत गरिएको सहायक प्रजिअ गैरेले बताउनुभयो । उपभोक्ताले सामान लिँदा चनाखो भएर मूल्य सूची र सामनको म्याद रहेको नरहेको हेरेमा बजार आफै नियन्त्रण हुने उहाँले बताए ।

अनुगमनका क्रममा व्यापारी र उपभोक्तालाई सचेत बनाइएको छ । चाडपर्वको समयमा हुन सक्ने कालोबजारी नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय निकै चनाखो रहेको सहायक प्रजिअ गैरेले बताउनुभयो । चाडपर्वलाई भड्किलो र खर्चिलो नभई साधारण रूपमा मनाउन उहाँले आग्रह गर्नुभयो।

जिल्ला प्रशासन कार्यालयको अगुवाइमा, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, गुल्मी उद्योग वाणिज्य सङ्घ, करदाता सेवा कार्यालय, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, उपभोक्ता मञ्च, हुलाक अधिकृत र पत्रकार महासङ्घ लगायतले अनुगमन गरेका थिए ।

यता, जिल्लाका स्थानीय तहहरूले पनि बजार अनुगमनलाई तीव्रता दिएका छन् । स्थानीय तहहरूले आफ्नै तरिकाबाट आफ्नो बजार क्षेत्रमा खाद्यान्न पसलहरूको अनुगमन तथा निगरानी गरेको जिल्लाका स्थानीय तहहरूले जनाएका छन् । स्थानीय तहको माग अनुसार र जिल्ला प्रशासन कार्यालयले विभिन्न स्थानमा पुगी अनुगमन गर्दै आएको छ ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →