Smoking Causes Cancer

आमाको महिमा वर्णन गरिएको ‘आमा तिम्रो तस्विर दैलैमा’ [भिडियाे सहित]



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


   

Place for ads

गुल्मी: आमाको महिमा वर्णन गरिएको ‘आमा तिम्रो तस्विर दैलैमा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। जसमा स्वर गायक तथा सारंगीवादक हेमन्त कान्छा रसाइलीको रहेको छ भने शब्द तथा संगीत खिमा नन्द खरेलको रहेको छ।

गायक हेमन्त कान्छाकै एरेन्ज रहेको गीतमा मिक्सिङ र मास्टरिङ श्याम श्वेत रसाइलीको रहेको छ । भिडियोमा गायक हेमन्त कान्छा, रमा थपलिया र बाल कलाकार इभान चैसीयारको मर्म स्पर्शी अभिनय देख्न सकिन्छ ।

भिडियोमा आमाको निधन भएपछि एक्लिएको छोराले हरेक सुख दु:खमा सम्झनाका तरेलीमा डुब्दै आमासँग बिताएका ति क्षणहरुलाइ भावनात्मक शैलीमा देखाइएको छ । आमाको अल्पायुमानै निधन भएपछि छोराले गरेका प्रगतिलाई आमाले देख्न नपाएको कुरालाई मार्मिक तरिकाले उठाइएको छ । जसको निर्देशन हेमन्त कान्छाले गरेका हुन् ।

सिंचाई
Forest
Ad.

भिडियोको सम्पादन पदम सुवेदीले गरेका हुन् भने छायांकन किरण चौसीयारले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो