Clean Water Campaign

Awareness Campaign

इजरायल पुगेका गुल्मीका सबै विद्यार्थी स्वदेश फर्किए



प्रेम सुनार
२ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: हालसम्म हाम्रो जानकारीमा आए सम्म टिकापुर स्थित सुदूरपश्चिम विश्वविद्यालय, कृषि विज्ञान सङ्कायको अध्ययनका क्रममा इजरायल पुगेका ४९ जना विद्यार्थीहरु मध्ये ५ जना गुल्मीका छन। उनिहरु सबै बिहिवार राती नेपाल वायुसेवा निगमको विमानमा २५४ जना नेपालीहरु संगै फर्किएको जानकारी प्राप्त भएको छ। शुक्रबार बिहानै ती पाँच जना विद्यार्थीका परिवारजन सङ्ग हामीले फोन सम्पर्क गरेपछि उनिहरु स्वदेश फर्किएको जानकारी आएको हो।

पहिलो सम्पर्क हामीले रेसुङ्गा नगरपालिका- २ धागिथुमक मनिषा खनालकी आमा माया खनाललाई गरेका थियौ । अस्ति सम्म छोरी प्रतिको त्यस्तो बिलौना पोखेकी खनाल्को आज बिहान भने बोलिको ट्युन मै हर्ष खुशी प्रकट हुन्थ्यो । उमदाई, छोरी हिजो राती काठमाण्डौ ओर्लिईन , निकै खुशी छौ हामी , सहयोगी सबैलाई धन्यवाद दिन्छौ , राज्यले पनि ठूलो काम गर्यो , सबै आभारी छौँ, खनालले खुशी व्यक्त गर्दै भनिन।

यो पनि: यी हुन युद्धग्रस्त देश इजरायलमा रहेका गुल्मेली, जसलाई परिवारले पर्खिरहेको छ

सिंचाई
Forest
Ad.

धागिथुमकी मनिषा , छत्रकोट गाउँपालिका १ हुगाका बाबू मिनप्रसाद भण्डारीका छोरा विशाल भण्डारी , सोही पालिका – ६ दौघाका दिपक सिन्जालीकि छोरी ममता सिंजाली , (उनको परिवार हाल रुपन्देहीको तिलोत्तमा १६ मधौलिया जुडा भन्ने स्थानमा बसोबास गर्छ्न।

त्यस्तै कालिगण्डकी गाउँपालिका-२, अर्बेनी घर भैइ हाल रुपन्देहीको मणिग्राम बस्ने थानिश्वर न्यौपाने का छोरा राजन न्यौपाने र सोही पालिका- ६ खड्ककोटका टिकाराम ढकालका छोरा मिलन ढकाल सो विश्व बिध्यालय बाट सिक्दै कमाउदै कार्यक्रम अन्तर्गत ११ महिनका लागि भदौ २६ गते इजरायल उडेका थिए ।

त्यस्तै कालिगण्डकी २ अर्बेनिका हिमप्रसाद न्यौपानेका छोरा बाबुराम न्यौपाने अस्पतालको कामदर भिषामा डेढ महिना अघि मात्र इजरायल उडेका थिए । उनी भने यस पाली फर्किएका छैन्न । बाबू न्यौपानेले भने मेरो छोरा चाहिँ हिजो आएन्न तर राजन हिजो फर्किए भन्ने जानकारी दिएका छन।

खड्ककोटका ढकाल परिवार, छत्रकोटका भण्डारी र सिंजाली परिवारले पनि बेहद खुशी प्रकट गर्दै नेपाल सरकार , इजराईल स्थित नेपाली दुतावास, त्यहाँको सुरक्षा निकाय , अन्य संघ संस्था , सकल सहयोगी ब्यक्ति प्रती आभार प्रकट गरेका छन।

Awareness by SKF

गुल्मीकै नेता भएकोले देशका अन्य नागरिकका अलावा गुल्मीका बिध्यार्थी प्रती निकै चासो दिएर जिल्ला सुचना प्रवाह गरे प्रधानमन्त्री प्रचण्डका जन सम्पर्क विज्ञ बुद्धि जिसीले।

त्यस्तै आफ्नो पालिकाबाट त्यहाँ अध्यानमा गएका बिध्यार्थीको खोजिमा निकै चासो दिएर मिडियालाई सहयोग गरे छत्रकोट गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुले । वडा नम्बर १ का वडाध्यक्ष घनश्याम न्यौपानेले शुक्रबार बिहानै देखि आफ्ना वडाका विशाल भण्डारी हिजो फर्के नफर्केको बारे परिबार सङ्ग सोधपुछ गरे । खुशी हुँदै वडाध्यक्ष न्यौपानेले भने केशव हिजो काठमाण्डौ ओर्लिए छ्न , उनिहरु भैरहवा तिर बस्ने भएकोले खै कहिले यहाँ आउछ्न।

त्यस बिध्यालयबाट गएका मध्ये १० जनाको हमास हमलाबाट १० जनाको मृत्यु भएको थियो । ६ जना घाइते भएका थिए । घाइते मध्ये टिकापुरका धनबहादुर चौधरी लगायत फर्किएका छ्न । दुई जना उपचार गराई रहेको परराष्ट्रमन्त्री एनपी साउदले हिजै मिडियालाई जानकारी दिएका छ्न । अर्बेनीका राजन न्यौपानेको तस्वीर भने हामीले प्राप्त गर्न सकेनौ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

प्रेम सुनार को बारेमा

पत्रकार प्रेम सुनार चर्चित रेडियो कार्यक्रम ‘ओझेलका खबर’का प्रस्तोता हुन्। उनी ओझेलका खबरका प्रमुख संवाददाता तथा संरक्षक पनि हुन। उनी दर्जनभन्दा धेरै मिडियामा आवद्ध छन्।

प्रेम सुनार द्वारा प्राकाशित अन्य समाचार हेर्नुहोस →