Clean Water Campaign

Awareness Campaign

यी हुन युद्धग्रस्त देश इजरायलमा रहेका गुल्मेली, जसलाई परिवारले पर्खिरहेको छ



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: गुल्मी तम्घास धागिथुमकी माया खनाललाई हमास-इजरायल युद्ध सुरु भएयता दिनमा भोक, रातमा निद्रा छैन। छोरी मनिषा खनालसँगै इजरायल पढ्न गएका ४९ जना विद्यार्थी मध्ये १० जनाको मृत्यु भयो। एक जना अझै बेपत्ता छन। घाइते ६ जना छ्न्। ३२ जना सकुशल मध्येकी एक हुन माया खनालकी छोरी मनिषा खनाल।

गत शनिबार बिहान हमास (इजरायल युद्ध सुरु भएयता छिनछिनमा टोलाउनु, छोरीप्रति विलौना पोख्नु र बर्बरी आँसु खसाउनु दिनचर्या नै बनेको छ उनको । उपचार गराई रहेका मध्ये बोस कस्टडी र पुलिस कष्टडिमा २ जना र हस्पिटालिटिमा चार जना रहेको बताईन्छ १० जनाको ज्यान लिनेगरी आक्रमणमा परेको होस्टलमा १७ जना बस्दथे ।

आमा अध्यान सकेपछि काम पाए उतै बस्छु होला छोरीले भन्ने गरेको सुनाउछिन् माया खनाल । रेसुङ्गा नगरपालिका २ को धागिथुम टोलको मध्येम वर्गाीय परिवारमा पिता कमल प्रसाद खनाल र आमा माया खनालका कोखबाट जन्मिएका छोरा एक महेश र एक छोरी हुन मनिषा । बाबू बिरामी । दुई सन्तानलाई उच्च शिक्षा हासिल गराउन आमा माया खनालको निकै संघर्ष छ । छिमेक कै रेसुङ्गा माबिबाट ए ग्रेड ल्याएर एसएलसी पास गरेकी मनिषा तम्घासकै अर्जुन आवसीय माविबाट साईन्स विषयमा प्लसटु पास गरि टिकापुर स्थित सुदूरपश्चिम विश्वविद्यालय, कृषिविज्ञान सङ्कायको अध्यान गर्न पुगेकी थिईन र त्यो सकेर इजरायल सरकारको सिक्दै र कमाउदै कार्यक्रम अन्तर्गत इजरायलमा अध्ययनका लागि पुगेको माया खनाल बताउछिन।

सिंचाई
Forest
Ad.

यो भिडियो रिपोर्ट हेर्नुहोस्:

अहिलेसम्म त्यसै लहडमा कृषि अध्यानका लागि ईजरायल पुगेका ५ जन गुल्मेली रहेका छ्न भने अन्य कामदारको भिषामा पुग्ने २ जनासहित ७ जना गुल्मेली परिवारको सम्पर्कमा आई आफूहरु सुरक्षित स्थानमा रहेको जानकारी दिएको उनीहरुका परिवारले बताएका छ्न । धागिथुमकी मनिषा , छत्रकोट गाउँपालिका–१ हुगाका बाबू मिनप्रसाद भण्डारी र साबित्रा भण्डारीका छोरा विशाल भण्डारी, सोही पालिका–६ दौघाका दिपक सिन्जाली र निर्मला सिंजालीकी छोरी ममता सिंजाली , उनको परिवार हाल रुपन्देहीको तिलोत्तमा–१६ मधौलिया जुडा भन्ने स्थानमा बसोबास गर्छ्न ।

त्यस्तै कालिगण्डकी गाउँपालिका–२ अर्बेनी घर भइ हाल रुपन्देहीको मणिग्राम बस्ने थानिश्वर न्यौपानेका छोरा राजन न्यौपाने र सोही पालिका–६ खड्ककोटका टिकाराम ढकालका छोरा मिलन ढकाल कृषि अध्यानका लगि भदौ २६ मा सोही टोलीसँग इजराईल उडेका थिए ।

त्यस्तै कालिगण्डकी–२ अर्बेनिका हिमप्रसाद न्यौपानेका छोरा बाबुराम न्यौपाने अस्पतालको कामदार भिषामा डेढ महिना अघि मात्र इजरायल उडेका थिए । ती दुई न्यौपाने बीच सम्पर्क भैरहने र आफूहरु सुरक्षित स्थानमा रहेको परिवारलाई बताएका छ्न । त्यस्तै मालिका गाउँपालिका–६ अर्जैबेसिका भिमलाल गौतमकी छोरी पबित्रा गौतम पनि कामदार भिषामा एक वर्ष अघि ईजराईलमा गएको र उनी पनि सुरक्षित रहेको बताईन्छ ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो