Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा खुल्ला क्रिकेट प्रतियोगिता हुँदै



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीमा खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ। गुल्मीको रेसुङ्गा नगरपालिका वडा नम्बर ५,६ र ७ को सङ्गम स्थल उनाएचौरमा खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको हो। रेसुङ्गा नगरपालिका वडा नम्बर ७ युवा समूहको आयोजनामा खुल्ला क्रिकेट प्रतियोगिता हुने भएको छ।

कार्तिक ३ गते देखि ५ गते सम्म क्रिकेट खेल सञ्चालन गरिने अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए। खुल्ला क्रिकेट प्रतियोगिता मा सहभागी भई कार्यक्रमलाई सफल बनाउन अध्यक्ष पाण्डेले आग्रह गरेका छ्न ।

क्रिकेट खेलमा सहभागी हुने समुहले टिम दर्ता गर्न तीन हजार नगद लाग्ने आयोजकले जनाएको छ। दर्ता गर्ने अन्तिम मिति कार्तिक २ गते सम्म रहेको आयोजकले बताएको हो।

सिंचाई
Forest
Ad.

खेल टेनिस बलले खेलाइने र पहिलो चरण चिट्टा र त्यसपछिका खेलहरू टाइ सिट सिष्टममा खेलाइने आयोजकले जनाएको छ । खेल १० ओभरको खेलाइने र फाइनल खेल भने १५ ओभरको हुने बताइएको छ । प्रतियोगितामा प्रथम हुनेले तीस हजार र द्वितिय हुनेले नगद पन्ध्र हजार सहित कप, मेडल र प्रमाण-पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो