Smoking Causes Cancer

गुल्मीका १९ वर्षीय अनिष: जसले लोकसेवाका सात परिक्षा उत्तीर्ण गरे



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

सन्तोष महतारा, गुल्मी: गुल्मीका अनिष गिरीले १९ वर्षको उमेरमै लोकसेवाका सात परिक्षा उत्तीर्ण गरेका छन्। जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ५ छापहिलेका अनिष गिरीले १८ वर्ष पुगेपछि दिएका सात वटै परिक्षा सफलतापुर्वक उत्तीर्ण गरेका हुन्।

गत असारमा मात्र १९ वर्ष पुगेका गिरीले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको प्रशासनतर्फ वरिष्ठ सहायक पाँचौ तह, लेखातर्फ वरिष्ठ लेखा सहायक पाँचौ तह, नेपाल वायुसेवा निगमको लेखातर्फ पाँचौ तह, लुम्बिनी प्रदेश निजामतीकाे प्रशासनतर्फ सहायकस्तर पाँचौ तह, लुम्बिनी प्रदेशबाट स्थानीय तहतर्फ सहायक पाँचौ तह प्रशासन, लेखातर्फ लेखा सहायक पाँचौ तह र आन्तरिक लेखा परिक्षण तर्फ आलेप सहायक पाँचौ तहमा उत्तीर्ण भएका हुन्।

गिरी हाल नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडकाे भैरहवा शाखामा बरिस्ठ लेखा सहायक पदमा कार्यरत छन् । उनले उमेर पुगेपछि सम्भवतः सबैभन्दा छाेटाे समयमा लाेकसेवाले लिएकाे नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडमा नाम निकालेका थिए । सानै उमेरमा सफल भइरहेका अनिष गिरीले आफूले गरेको मेहनतले सार्थकता पाउँदा खुसी लागेको प्रतिक्रिया दिए।

सिंचाई
Forest
Ad.

परिवारबाटै लाेकसेवामा प्रेरित भएका गिरी छाेटाे समयमै धेरै परिक्षामा सफल हुँदा हर्षित भएको बताए । उनी भन्छन् ‘मुख्यतः पारिवारिक हौसला नै हो अनि अर्को युवाको हैसियतले केही गर्नुपर्ने हुँदा यतातिर लाग्दा देश तथा आफूलाई पनि हित हुने भएकाले आकर्षण रह्यो ।त्यसपछि गुल्मीको माहाेल नै लोकसेवामय हुँदा थप केही भन्नुपर्ने जस्तो मलाई लाग्दैन ।’

गिरीको परिवारमा दाजु मनिष गिरी निजामती सेवामा छन् । बुबा धनु गिरी स्थायी शिक्षक हुन् । उनी छापहिले माध्यमिक विद्यालयका प्रधानाध्यापक समेत हुन् ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो