Salime Malika Krishi Farm

Awareness Campaign

बागलुङमा ११ वर्षपछि चारपाङ्ग्रे सवारीको लाइसेन्स परीक्षा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

रासस, बागलुङ: बागलुङमा ११ वर्षपछि पुनः चारपांग्रे सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालनमा आएको छ ।

यातायात व्यवस्था कार्यालय बागलुङले बुधबारदेखि चारपांग्रे सवारीचालक अनुमति पत्र (लाइसेन्स) परीक्षा सञ्चालन गरेको हो ।

यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख पारसिङ थापाले (बि) (सि) (ई) (एफ) र (जी) वर्ग (चारपांग्रे) सवारीचालक अनुमतिपत्रका लागि बुधबारदेखि प्रयोगात्मक परीक्षा (ट्रायल) सुरु गरिएको बताए । गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले उद्घाटन गरेर प्रयोगात्मक परीक्षा सुरु गरिएको हो ।

सिंचाई
Forest
Ad.

बागलुङमा (ए) र (के) वर्ग (दुईपांग्रे) सवारीको मात्रै परीक्षा सञ्चालन हुँदै आएको थियो । चारपांग्रेको लागि भदौ १७ गते अनलाइन आवेदन खुल्ला गरेको यातायात व्यवस्था कार्यालयले बुधबारदेखि ट्रायल परीक्षा सञ्चालनमा ल्याएको हो । बागलुङमा ट्रायल सुरु भएपछि बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङलगायतका जिल्लाका सेवाग्राहीलार्ई सहज हुने अपेक्षा गरिएको छ ।

यातायात व्यवस्था कार्यालय बागलुङका प्रमुख थापाले ड्राइभिङ इन्स्टिच्यूटले बनाएको संरचना भाडामा लिएर ट्रायल सञ्चालन गरिएको बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो