Salime Malika Krishi Farm

Awareness Campaign

इस्मामा गाउँपालिका स्तरीय तीज गीत प्रतियोगिता हुने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सुमन महतारा, गुल्मी: गुल्मीको इस्मा गाउँपालिकामा गाउँपालिका स्तरीय खुल्ला तिज गीत प्रतियोगिता हुने भएको छ । हिन्दु नारीहरुको महान पर्व तिजको अवसर पारेर भाद्र २९ गते शुक्रबारको दिन गाउँपालिका स्तरिय खुल्ला तिज गीत प्रतियोगिताको आयोजना गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार महिलाहरुको महान पर्व हरितालिका तिज–२०८० को अवसरमा कार्यक्रमको आयोजा गरिएको हो । भाद्र २९ गते शुक्रबार इस्मा गाउँपालिका वडा नम्बर पाँचमा रहेको आनन्दपुर मा.वि.को प्राङ्गणमा विहान ११ बजेदेखि कार्यक्रम सुरु हुने छ ।

गाउँपालिका स्तरीय तिज गीत प्रतियोगितामा सहभागी हुने सहभागी टिमले गीत तथा नृत्य मौलिक तथा सांस्कृतिक परम्परा झल्किने खालको हुनुपर्ने गाउँपालिकाले बताएको छ । प्रतियोगितामा प्रथम हुने टिमलाइ २०००० र प्रमाणपत्र दोस्रो हुनेलाइ १०००० र प्रमाणपत्र , तेस्रो हुनेलाइ रु.५००० र प्रमाणपत्र र सान्त्वना हुनेलाइ रु. ३००० र प्रमाणपत्र साथै उत्कृष्ट नृत्य प्रस्तुत गर्नेलाई २००० र प्रमाणपत्र प्रदान गरिने गाउँपालिका उपाध्यक्ष अधिवक्ता प्रवक्ता पार्वती कुवँरले बताइन ।

सिंचाई
Forest
Ad.

गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले पुरानो संस्कार ,संस्कृति ,रिति रिवाज र परम्परालाई स्मरण गर्न र निरन्तरताका लागि हराउँदै गएका यी चाडपर्वकाे जगेर्ना गर्न गाउँपालिकाले पालिका स्तरीय खुल्ला तिजगित प्रतियोगिताकाे आयोजना गरिएको बताए ।

सहभागी हुन प्रतेक वडामा सञ्चालन भएको वडा स्तरीय तिज गीत प्रतियोगितामा प्रथम भएको टिम मात्र सहभागी हुन पाउँने छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो