Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा एउटै भुस्याहा कुकुरले टाेकेर क्षणभरमै छ जना घाइते



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: गुल्मीमा एउटै भुस्याहा कुकुरले टाेकेर छ जना भाइते भएका छन् । जिल्लाकाे सदरमुकाम तम्घासमा एउटा रातो खैरो रङको भुस्याहा कुकुरले आतंक मच्चाएको हो।

आइतबार बिहान कार्यालय समयको समयमा क्षणभरमै छ जनालाई टोकेर घाइते बनाएको छ। ११ बजे गुल्मी अस्पतालमा पुग्दा कुकुरले टोकेका घाइते र उनका आफन्तको भिड थियो ।

महेन्द्र नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरुको पिटी चलिरहेको बेला उक्त कुकुर भित्र पसेर कक्षा २ का ८ वर्षिया सन्जु बिकलाई टोक्यो । उनलाई जोगाउन पुगेकी शिक्षिका भगवता पाण्डेलाई पनि टोक्यो । अर्घाखाँची जिपपार्कमा घर भित्र पसेर १७ वर्षिय निशान खनाललाई टोक्यो । जिल्ला प्रशासन अगाडि २७ वर्षिया चुरा बहादुर खत्रीलाई मोटरसाइकल चाढ्न लागेको बेला टोक्यो।

सिंचाई
Forest
Ad.

सिमलटारीबाट तम्घास आएका ७० वर्षिय दुर्गा बहादुर सुनारलाई क्याम्पस रोडमा टोक्यो । अमरपुर घर भई सिद्धबाबा माध्यमिक विद्यालयमा पढ्ने ७ वर्षिय वसन्त रानालाई पनि टोकेर घाइते बनाएको छ । क्षणभरमै कुकुरले टोकेर घाइते बनाए पछि प्रहरी उक्त कुकुर खोज्न प्रहरी परिचालन गरेको र क्याम्पस रोडतिर पुगेको जानकारी आएको जिल्ला प्रहरी प्रमुख एसपी नवीन किशोर प्रधानले बताए।

पशु सेवा कार्यालय प्रमुख पशुचिकित्सक भरत काफ्ले सँग बुझ्दा उक्त कुकुर नमारेसम्म रेविज लागे नलागेको थाहा पाउन सकिन्न । त्यसलाई सुई दिइन्न । व्यबस्थापन गरेर अरु कुकुरहरुलाई सुइ दिन बजारमा त्यस कार्यालयबाट प्राविधिकहरु खटाएको काफ्लेले जानकारी दिए । त्यस कुकुरले हिड्दै गरेको गाडीको टायर समेत टोक्ने गरेको बजारका यात्रीहरुले बताए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो