Salime Malika Krishi Farm

Awareness Campaign

वामीटक्सारमा आज ५ हजारले कृष्ण रथयात्रा अवलोकन गर्ने अनुमान



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

विष्णु प्रसाद आचार्य ‘चकित’, मुसिकोट: गुल्मीको मुसिकोट नगरपालिका-७, वामीटक्सारमा आज कृष्ण रथयात्रा तथा झाँकि प्रदर्शन भव्यताका साथ मनाउने तयारी गरिएको छ।

विगतका वर्षहरुमा जस्तै यस बर्षपनि कृष्ण रथयात्रा सञ्चालन समितिको आयोजनामा कृष्ण जन्माष्टमीको भोलिपल्ट मनाईदै आएको कृष्ण रथयात्रा यस बर्षपनि विभिन्न झाँकि प्रदर्शनसहित रथयात्राको आयोजना गरिएको रथयात्रा संचालन समिति संयोजक सन्तोष शाक्यले जानकारी दिनुभयो।

रथ यात्रा विशेष गरी नेवार समुदायले मनाउदै आइरहेका छन् तर पछिल्लो समय यो परिस्थितिमा केहि परिवर्तन आएको छ। केहि वर्ष अघिदेखि वामीटक्सारको रथयात्रामा ब्राह्मण समुदायले गाउदै र नाच्दै आएको भजन पनि समावेश हुदै आइरहेको छ।

सिंचाई
Forest
Ad.

यस वर्ष पनि सबैको अपनत्व होस् भन्ने हेतुले मुसिकोट नगरपालिकाका प्रत्येक वडाबाट जुनसुकै समुदाय र संघसस्थाले आफ्नो सांस्कृतिक प्रस्तुति समावेश गर्न सकिने गरि समितिले सार्वाजिनिक आह्वान गरेको छ । रथयात्रा संचालन समितिले यस वर्ष अन्य समुदायको पनि प्रस्तुति थप्ने भएकोले यस वर्ष झन् भव्य र सभ्य रुपमा झाँकि संगै रथयात्राको रौनक बढ्ने अनुमान गरिएको छ।

सो अवसरमा मुसिकोट नगरपालिका वडा नम्बर ७ बाट झाँकिमा सहभागि हुने संघसस्थाहरुलाई प्रोत्साहन स्वरुप नगद रु एक हजार र वडानम्बर सात भन्दा बाहिरबाट आउने सहभागिहरुलाई सहभागिता प्रोत्साहन स्वरुप रु पच्चिस सय प्रदान गरिने नेवा बर्जु पुचका सचिव योगेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

मुसिकोट ७ वामीमा प्रत्येक बर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट भगवान् श्रीकृष्णको जन्म भएको खुसियालिमा युगल जोडी राधाकृष्ण राखेर वामीटक्सार बजारमा रथ यात्रा सङ्गै विभिन्न झाँकिहरु प्रदर्शन गर्ने प्रचलन रहि आएको स्थानिय रामचन्द्र श्रेष्ठले बताउनुभयो रथयात्रा मुसिकोट नगरपालिकाको केन्द्र रहेको टार प्रहरी बिटदेखि बसपार्क,बीच बजार ,बुद्दचोक,जीपपार्क हुदै पल्टार सम्म पुराइने आयोजकले जनाएको छ।

ऐतिहासिक महत्व बोकेको यस रथयात्रामा बाग्लुङ्ग र गुल्मीका धेरै स्थानबाट अवलोकन गर्न आउने गरेका नेवा बर्जु पुचका अध्यक्ष मोहनलाल श्रेष्ठले बताउनुभयो। रथयात्रामा झन्डै ५ हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको संयोजक शाक्यले बताउनुभयो ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो