Salime Malika Krishi Farm

Awareness Campaign

जिल्ला अस्पताल गुल्मीमा बालिकाको मृत्युपछि तनावग्रस्त, आफन्तद्वारा अस्पताल घेराउ



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: उपचाररत बालिकाको मृत्यु भएपछि जिल्ला अस्पताल गुल्मी तनावग्रस्त बनेको छ। उपचारका लागि अस्पताल पुर्याइएकी बालिकालाई त्यहाँ कार्यरत चिकित्सक र नर्सको लापरबाहीले ज्यान गएको भन्दै आफन्तहरुले अस्पताल घेराउ गरेका छन् ।

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ काउले निवासी राजेश मरासिनीकी ७ वर्षीया छोरी प्रशंसा मरासिनीको मंगलबार बिहान पौने ८ बजेको समयमा मृत्यु भएको थियो । प्रशंसाका फुपाजु रेसुङ्गा नगरपालिका–२ का युवराज भण्डारीका अनुसार प्रशसालाई पेट दुखेपछि उनका बाबुले मोटरसाइकलमा राखेर सोमबार बिहान ११ बजेतिर गुल्मी अस्पताल उपचारका लागि ल्याएका थिए ।सामान्य पेट दुखेर अस्पताल ल्याइएको उनले दिउँसो बान्ता गरेपछि भर्ना गरिएको थियो।

मङ्गलबार बिहान ६ बजेको समयमा उनी निदाएकै अवस्थामा इन्जेक्सन लगाइएको थियो। इन्जेक्सन लगाउदा बित्तिकै बच्चा बेहोस भएपछि बिरामीका आफन्तले डाक्टरलाई बोलाउन आग्रह गरे पनि नर्सहरूले समयमै डाक्टर नबोलाउँदा बच्चाको ज्यान गएको भण्डारीले आरोप लगाए। ‘नर्स डाक्टर सबैको चरम लापरबाहीका कारण उनको ज्यान गएको हो, यसर्थ शव उठाउन मानेका छैनौ।’-उनले भने।

सिंचाई
Forest
Ad.

घटनाका प्रत्यक्षदर्शी धुर्कोट गाउँपालिका–३ का वडाध्यक्ष पदम बिष्टले अस्पतालकै लाहापरवाहीले बालिकाको ज्यान गएको बताउँछन् । ‘म हिजो ८ बजेसम्म अस्पताल मै थिए बालिकाको अवस्था सामान्य थियो ।’–भउने अघि भने, आज बिहान पनि सँगै रहेका बाबुलाई बाबा मलाई भोक लाग्यो भन्दै थिईन रे ।’

अस्पतालका प्रमुख डाक्टर राजेन्द्र जिसीले घटनालाई समान्य रुपमै प्रस्तुत गर्न खोजेपछि मृतकका आफन्तहरुले अस्पताल घेराउ गर्दै थप आक्रोसित भएका छन् । घटना बुझ्न अस्पताल पुगेका रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले अत्यन्तै दुःख घटना भएको बताउँदै सत्यतथ्य छानविनका गरिने उल्लेख गरे । अस्पताल प्रशासन, नगरपालिका लगायतका प्रतिनिधिहरु वार्तामा बस्न लागेको जानकारी गराउँदै उनले पीडितलाई न्याय दिने गरी निर्णय हुने भन्दै आफन्तहरुलाई आस्वासन दिएका छन् ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो