Smoking Causes Cancer

गुल्मीको रेसुङ्गा विमानस्थल दुई महिनादेखि उडानविहीन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

अनिल खत्री, गुल्मी: गत वैशाख अन्तिम सातादेखि व्यावसायिक उडान सुरु गरेको गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा २ महिनायता उडान अवरुद्ध भएको छ। साताको २ दिन बुधबार र शुक्रबार उडान तालिका राखेको नेपाल एयरलाइन्सले प्रतिकूल मौसमका कारण उडान हुन सकेको छैन।

जेठको अन्तिम सातापछि मौसम खराबको कारण उडान हुन सकेको छैन् । पछिल्लो पटक गत ६ असार बुधबार काठमाडौंबाट रेसुङ्गा विमास्थलका लागि छुटेको जहाज मौसम खराबको कारण बिच बाटोबाटै काठमाडौं फर्किएको थियो । त्यसपछि रेसुङ्गा विमानस्थलबाट उडान हुन सकेको छैन् ।

रेसुङ्गा विमानस्थलका लागि काठमाडौंबाट बिहान ६ बजेर ३० मिनेटमा जहाज उडान गर्दछ । रेसुङ्गा विमानस्थलबाट काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान गर्ने समय तालिका रहेको छ ।

सिंचाई
Forest
Ad.

तर, उडान गर्ने बिहान समयमा विमानस्थलमा बादल लाग्ने गर्नाले उडान गर्न समस्या हुँदै आएको रेसुङ्गा विमानस्थलका वरिष्ठ अधिकृत तथा एयर ट्राफिक कन्टोलर अस्मिता बस्नेतले बताइन्। भदौ महिनामा पनि नियमित वर्षात भइरहेकाले मौसम उडान गर्न समस्या हुँदै आएको उनको भनाइ छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो