Salime Malika Krishi Farm

Awareness Campaign

गलकोट नगरपालिकाले सडक अतिक्रमण गरेर बनाईएका संरचनामा डोजर चलायो



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: बागलुङको गलकोट नगरपालिकाले सडकको मापदण्ड विपरित निर्माण भएका अवैध संरचनामा डोजर चलाएको छ।

नगरपालिकाले हटिया, हरिचौर ताराखोला हुँदै म्याग्दी जोड्ने सडक अन्तर्गत राजाको पुलदेखि गौँदिखोला पुल सम्मको सडक मिचेर बनाईएका अवैध संरचनाहरु भत्काईएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो।

९ मिटर मापदण्ड रहेको उक्त सडकमा बनेका अबैध संरचनाहरु जनप्रतिनिधि, प्रहरी प्रशासन र स्थानीयको सहयोगमा अभियानलाई अगाडि बढाईएको गलकोट नगरपालिकाका नगर उपप्रमुख फमलाल निउरेले बताउनुभयो।

सिंचाई
Forest
Ad.

नगरपालिकाले यस अघि अवैध संरचना हटाउनको लागि आग्रह गर्दै ३५ दिने सार्वजनिक सुचना प्रकाशन गरेको थियो।

दास्रो चरणमा नगर भित्र रहेका अन्य वडामा यो अभियानलाई सबैसँग समन्वय गरेर निरन्तर अगाडि बढाईने गलकोट नगरपालिकाले जनाएको छ। -रेडियो गलकोट

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो