Smoking Causes Cancer

बडिगाड गाउँपालिका अध्यक्षको पहलमा सडकमा अलपत्र महिलाको उद्धार



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

सागर भण्डारी, बडिगाड: बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीको पहलमा सडकमा अलपत्र एक महिलाको उद्धार गरिएको छ।

रुकुम घर बताउने ७६ वर्षीय एक महिलाको उद्धार गरी मानव सेवा आश्रम बागलुङ पठाईएको अध्यक्ष थापाले बताउनुभयो । ती महिलालाई बडिगाड गाउँपालिका वडा नं ६ खालबाट उद्धार गरिएको उहाँको भनाई छ।

“आफ्नो घर रुकुम बताउने उहाँ रुकुम बाटै हिड्दै आउनुभएको रहेछ, स्थानीयले खबर गरेपछि म पुगेर उहाँको ईच्छा बमोजिम मानव सेवा आश्रममा पठाईएको हो थापाले भन्नुभयो।”

सिंचाई
Forest
Ad.

पारिवारक पृष्ठभुमी समेत बताउन नचाहाने उक्त महिलाले आफुलाई वृद्धाआश्रम या मानवसेवा आश्रममा पठाउन अनुरोध गरेकी थिईन् । अध्यक्ष थापाले यातायात खर्च समेत उपलब्ध गराएर स्थानीयको रोहवरमा मानव सेवा आश्रम पठाउनुभएको हो।

“२/३ दिनको पैदल यात्रा गरि बुर्तिबाङ हुँदै खालसम्म आउनुभएको रहेछ थापाले भन्नुभयो – मानवसेवा आश्रममा जाने ईच्छा व्यक्त गरेपश्चात उद्धार गरि मानवसेवा आश्रममा कुरा गरि पठाएको हो ।”

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो