Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा बेवारिसे शव फेला



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ३ मा एक बेवारिसे शव फेला परेको छ। उक्त वडाको सिम्ले भन्ने स्थानको एक खोलामा बिहिबार साँझ अन्दाजी ३२ वर्षिय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरिक्षक कुशल सिंह ठकुरीले जानकारी दिए।

प्रहरीका अनुसार, फेला परेको शव सडकबाट टाढा रहेको र त्यस स्थानमा लगातार पानी परिरहेकोले शव निकाल्नको लागि समस्या भइरहेको छ । हालसम्म फेला परेको शवको पहिचान हुन सकेको छैन् । स्थानीयले शव देखेपछि आफुहरुलाई खबर गरेकोले आफुहरु घटनास्थलमा आइपुगेको इलाका प्रहरी कार्यालय पुर्कोट दहका प्रहरी निरिक्षक ठकुरीले बताए। उनका अनुसार, त्यस गाउँबाट एक जना पुरुष विगत केही दिनदेखि हराइरहेको भन्ने निवेदन प्रहरीकोमा आएकोले संकाको बिषय रहेको छ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले शव फेला परेको जानकारी आएपछि सबैतर्फबाट अनुसन्धानको लागि प्रहरी खटिएको जानकारी दिए । उनले स्थानीय, सरोकारवाला र प्रहरीले शव खोलाबाट निकालेपछि पहिचानतर्फ लाग्ने बताएका छन्।

सिंचाई
Forest
Ad.

शवको प्रकृति हेर्दा १० देखि १५ दिनअघि मृत्यु भएको जस्तो देखिएको छ । शव नाङ्गो अवस्थामा रहेको छ । केही सामान्य प्रकारका चोट देखिएका छन् । आफै हाम फालेको वा अन्य कारणले मृत्यु भएको भन्नेबारे अझै खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो