Salime Malika Krishi Farm

Awareness Campaign

लियो क्लव अफ गुल्मी सालिमेद्वारा वामीमा वृक्षारोपण



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: लियो क्लव अफ गुल्मी सालिमेले मुसिकोट नगरपालिका वडा नं ७ झेँदीमा वृक्षरोपण गरेको छ। “वृक्षरोपण गरौँ पर्यावरण जोगाऔँ” भन्ने नारा सहित क्लवमा आवद्ध सदस्यहरुले शनिवार झेँदी र परुवा बीचमा रहेको सार्वजनिक ठाउँमा वृक्षरोपण गरेका हुन्।

पारिजात, निमपत्ता, बर, बेलाउती लगायतका विभिन्न प्रजातिका झण्डै १ सय विरुवा रोपण गरिएको क्लवका अध्यक्ष भुगोल सापकोटाले जानकारी दिनुभयो।

वातावरणीय सरसफाई र पर्यावरणीय सन्तुलन कायम राख्न क्लवले वृक्षरोपण कार्यक्रमलाई निरन्तर रुपमा अगाडी बढाईरहेको अध्यक्ष सापकोटाको भनाई छ । “हामीले हाम्रो बस्ने ठाउँलाई बस्न लायक बनाउनुपर्छ सापकोटाले भन्नुभयो, पर्यावरण जोगाउँदै सौन्दर्यकरण गर्न सकेमा वातावरण अनुकुलन प्रजातिहरुको बासस्थान समेत जोगाउन सकिन्छकी भन्ने उद्धेश्य हो।”

सिंचाई
Forest
Ad.

क्लवले केही समय अगाडी पनि मुसिकोट नगरपालिका वडा नं ४ ग्वादिकाचौरमा वृक्षरोपण गरेको थियो । वृक्षरोपण कार्यक्रममा लायन क्लब अफ बुटवलका कोषाध्यक्ष लायन चार्टर्ड विष्णु कुँवर, क्लवका सदस्यहरु सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो।

गत वर्ष स्थापना भएको क्लवले मुसिकोट नगरपालिकामा विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको छ । क्लवले वामी बजारलाई सुन्दर र सफा बनाउन फोहोर राख्ने डस्बिन वितरण गर्ने, ठाउँ जनाउने साईनबोर्डहरु राख्ने, सडक ऐना राख्ने लगायत चिसो समयमा विपन्न नागरिकहरुलाई न्यानो लुगा वितरण गर्ने लगायतका कामहरु सम्पन्न गरिसकेको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो