Salime Malika Krishi Farm

Awareness Campaign

‘ऐतिहासिक महत्त्व र व्यवस्थापन’ शीर्षकमा अवधारणा पत्र प्रस्तुत कार्यक्रम सम्पन्न



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

नारायण कोइराला, पाल्पा: पाल्पा साहित्य समाज र सम्पदा प्रतिष्ठान पाल्पाद्वारा ‘महिषासुर मर्दिनी भगवतीको रथयात्रा: ऐतिहासिक महत्त्व र व्यवस्थापन ’ शीर्षकमा अवधारणा पत्र प्रस्तुत कार्यक्रम सम्पन्न भयो।

कार्यक्रमका मूल पाहुना प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख संतोषलाल श्रेष्ठले ‘पाल्पा साहित्य समाज र सम्पदा प्रतिष्ठान पाल्पाले भगवती मन्दिरको व्यवस्थापनका समस्या र समाधानका उपाय सहित देखाएर अवधारणा पत्र प्रस्तुत गरेकोमा साँच्चिकै मन्दिरको बारेमा सोच्नु पर्ने भएको छ । नगर पालिकाले गर्ने सहयोग सदैव गरीरहनेछ’ भनी सम्बोधन गर्नुभयो।

कार्यक्रमको प्रारम्भमा भगवती मन्दिरका मूल पुरोहित हिक्मत बहादुर बज्राचार्य , तानसेन भजन संरक्षण समितिका अध्यक्ष मंगल प्रसाद बज्राचार्य र भजन खलका अध्यक्ष ज्ञानुकुमार बज्राचार्यलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मानित गरिएको थियोे । यसैगरी भजन गायन र वाधवादनमा योगदान पुर्‍याउनु हुने स्वर्गीय व्यक्तित्वहरू चन्द्रशेखर बज्राचार्य , सन्तप्रसाद बज्राचार्य , मंगल नारायण मानन्धर , तिलकमान बज्राचार्य र ब्रम्हशेखर बज्राचार्यलाई मरणोपरान्त सम्मान गरिएको थियोे ।

सिंचाई
Forest
Ad.

अवधारणा पत्र पाल्पा साहित्य समाजका अध्यक्ष एवं सम्पदा प्रतिष्ठान पाल्पाका सचिव पुष्कर अथक रेग्मीलेद्वारा प्रस्तुत गरिएको थियो । अवधारणा पत्रमा महिषासुर मर्दिनी श्री ७ रणउजिरेश्वरी भगवतीको मन्दिर स्थापना , रथयात्रा , उजिरसिं थापा , नेपाल अग्रेज युद्धमा नेपालीको विजय , मन्दिर र रथयात्रा व्यवस्थापनमा छापिएका विभिन्न व्यक्तित्वहरूको लेखका अंश, जनगुनासाहरू तथा प्रभावकारी व्यवस्थापनका उपायहरू प्रस्तुत गरिएको थियोे।

अवधारणा पत्रमाथि बुद्धिजीवी एवं इतिहासविद निर्मल श्रेष्ठले संक्षेपमा बिश्लेषणात्मक अभिव्यक्ति दिनुका साथै केही बिषयबस्तुमाथि टिप्पणी उठाउनु भयो । अवधारणा पत्र प्रस्तुतिपछि गरिएको खुला छलफलमा पत्रकारद्वय मुक्ति न्यौपाने , कृष्ण पोखरेल , प प न मा बि का प्रधानाध्यापक सन्तवीर बरालद्वारा सुझाव प्रस्तुत गरिएको थियोे । कार्यपत्र समसामयिक छ , भगवती मन्दिरको व्यवस्थापन पक्ष राम्रो होस् , मन्दिरको प्रचारप्रसार अझ प्रभावकारी बनोस भनी शुभकामना मन्तव्य व्यक्त गरियो । सम्मानित व्यक्तितब मंगल प्रसाद बज्राचार्य र मूल पुरोहित हिक्मत बहादुर बज्राचार्यद्वारा अनुभवहरू सहितको शुभकामना र आशीर्वचन प्राप्त भयो।

कार्यक्रममा तानसेन बसपार्क निवासी रामबहादुर गन्धर्व र साथीद्वारा भगवतीको महिमा र नेपालीको वीरताको वर्णन कर्खाद्वारा प्रस्तुत गरियो।

कार्यक्रममा भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अशोकमान महर्जनद्वारा शुभकामना व्यक्त गर्दै पृथक अवधारणा पत्र रहेको र आयोजकले महत्त्वपूर्ण कार्यक्रमको आयोजना गरेकोमा सराहना व्यक्त गर्नुभयो । यसका साथै उहाले आफ्नो कार्यकालमा अक्षयकोष स्थापना गरी व्याजबाट पुजा तथा खटयात्रा संचनलन गर्ने बताउनु भयो।

Awareness by SKF

सभाध्यक्ष पाल्पा साहित्य समाजका संरक्षक एवं सम्पदा प्रतिष्ठान पाल्पाका संस्थापक राजेन्द्र गोपाल सिंहद्वारा ” समाज र प्रतिष्ठानले पाल्पालाई राष्ट्रिय रूपमा चिनाउनुका साथै भगवती मन्दिरको व्यवस्थापनमा व्यापक सुधार होस् भन्ने उद्देश्यले कार्यक्रम राखिएको जानकारी गराउदै तानसेन नगरपालिकाले पाल्पा साहित्य समाज र सम्पदा प्रतिष्ठान जस्ता संस्थाहरूलाई अभिप्रेरणा सहित सहयोग गर्नुपर्दछ” भनी सबैलाई धन्यवाद दिई सभा विसर्जन गरियो।

तानसेन भगवती मन्दिर भजन गृहमा चलेको कार्यक्रममा करिव १०५ जनाको उपस्थिति रहेको ,स्वागत सम्पदा प्रतिष्ठान पाल्पाका अध्यक्ष रामजी शर्मा , सम्मानित व्यक्तित्वहरूको नमावली प्रस्तुति पासासकी सदस्य इन्दिरा ज्ञवाली र कार्यक्रमको संचालन पाल्पा साहित्य समाजकी सचिव सविता भट्टराईद्वारा गरिएको थियोे।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो