Smoking Causes Cancer

प्रहरी वरिष्ठ नायव निरीक्षक पौडेलको हत्या भएको खुलासा (भिडियो रिपोर्ट सहित)



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

कमल पौडेल, बागलुङ: इलाका प्रहरी कार्यालय भिमगिठेका प्रमुख प्रहरी वरिष्ठ नायव निरीक्षक उज्ज्वल पौडेलको हत्या भएको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मदन केसीका अनुसार श्रावण ८ गते साँझ ८ बजे बडिगाड गाउँपालिका वडा नं. ६ स्थित आशा होटल एण्ड खाजा घरमा वरिष्ठ सई पौडेल गएको र सोही होटल सञ्चालिका आशा कुँवर र निजको छोरा विनोद कुँवरसँग विवाद हुँदा विनोदको मुक्का प्रहारबाट घाइते भएका पौडेलका पर्दाको कपडाले घाँटी कसी हत्या गरेको खुलेको छ।

रातको साढे एघार बजे सो घटना भएको र घटनामा संलग्न दुवैजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका होटल सञ्चालक ५१ वर्षीया आशा कुँवर र निजका छोरा २० वर्षीय विनोद कुँवरलाई ज्यान सम्बन्धि कसूरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सिंचाई
Forest
Ad.

घटनास्थल इलाका प्रहरी कार्यालय भिमगिठे देखि करिब ३ किलोमिटर तथा जिल्ला प्रहरी कार्यालय बागलुङ देखि करिब ८० किलोमिटरको दुरीमा पर्दछ।

यो भिडियो रिपोर्ट हेर्नुहोस्:

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो