Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको छत्रकोट पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

टोपलाल अर्याल, गुल्मी: गुल्मीको छत्रकोट गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त घोषणा भएको छ। छत्रकोटसंगै जिल्लाका तीन स्थानीय तह पोषणमैत्री स्वास्थ्य संस्थायुक्त घोषणा भएका छन्। नेपालमै पहिलो पटक गुल्मी दरवार गाउँपालिका पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा भएको थियो।

केहि समय पहिले धुर्कोट गाउँपालिकाले पनि पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरेको छ । गाउँपालिका प्रमुख रामप्रसाद पाण्डेयले पोषणमैत्री स्वास्थ्य संस्थायुक्त गाउँपालिका घोषणा गरे । भने घोषणा सभाको उद्घाटन जिल्ला समन्वय प्रमुख द्रोणबहादुर खत्रीले उद्घाटन गरेका थिए ।

घोषणा सभामा पोषणमैत्री स्वास्थ्य संस्थायुक्त हुन सम्पादन गरिएका गतिविधीसहितको अवस्थाका बारेमा स्वास्थ्य संयोजक श्यामसुन्दर पोख्रेलले शब्द र बृतचित्र मार्फत जानकारी गराएका थिए । कार्यक्रममा स्वास्थ्यचौकीहरुलाई पोषणमैत्री स्वास्थ्य संस्थायुक्त बनाउन सफल प्रत्येक स्वास्थ्यचौकी व्यावस्थापन समिति र कर्मचारीहरुलाई सम्मन गरिएको थियो ।

सिंचाई
Forest
Ad.

सभामा पोषण कर्नरको लोभ लाग्दो प्रदर्शनी गरिएको थियो । स्वास्थ्यकर्मीहरुका सन्देशमुलक गीत तथा नृत्यहरुको सभामा उपस्थित सवैको ध्यान खिचेको थियो । पोषण मैत्री स्वास्थ्य संस्थायुक्त पालिका घोषणाको प्रमाणपत्र हस्तान्तरण गर्दै प्रमुख अतिथी जिल्ला समन्वय समिति प्रमुख द्रोणर् बहादुर खत्रीले शिक्षा र स्वास्थ्यको क्षेत्रमा छत्रकोटले राम्रो कामहरुको संकेत देखाएको भन्दै प्रसंसा गरे । घोषणालाई संस्थागत र निरन्तरतासहितको दिगोपनामा जोड दिर्दै खत्रीले पुर्वाधार मात्रै विकास नभएको बताए ।

कार्यक्रममा गाउँपालिका प्रमुख रामप्रसाद पाण्डेयले अभियानमा उर्जा दिने सवैप्रति आभारप्रकट गर्दै पोषणमैत्री स्वास्थ्य संस्थायुक्त पालिको घोषणालाई दिगो र निरन्तरताको लागि आफु सचेत र सक्रिय रहेको बताए । जनताका आशाहरु एकैचोकटी पुरा गर्न श्रोत र साधनको अभाव रहेकाले क्रमश शिक्षा, स्वास्थ्य र जनजिविका कार्यक्रमसंग नागरिकलाई जोड्दै लैजाने पाण्डेयले बताए ।

संघिय संरचनासंगै पालिकामा स्थापना भएको स्वास्थ्य शाखाको नेतृत्वमा छत्रकोट वडा नं ४ दिगाममा श्रृङ्गा प्रा.स्वा.केन्द्र र ५ वटा स्वास्थ्य चौकी, ८ वटा सामुदायिक स्वास्थ्य ईकाइ तथा एउटा नागरिक आरोग्य केन्द्र रहेको छ ।

सरकारले अबलम्बन गरेको पोषण विशेष कार्यक्रमहरुको व्यवस्थित सन्चालन, नियमित ५ वर्ष मुनिका बच्चाहरुको तौल अनुगमन, गर्भवति महिलालाई आइरन, अलबिन्डाजोल बितरण, सुत्केरि आमालाई भिटामिन ‘ए’ वितरण, गर्भवस्था सुरु भएपछि फोलिक एसिड र क्याल्सियम बितरण नियमित रुपमा पोषण परामर्श जस्ता कार्यहरुलाई प्रभावकारी रुपमा सन्चालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीर बहादुर पुनले जानकारी दिए ।

Awareness by SKF

त्यस्तै गर्भ रहेदेखि १००० दिन सम्मका आमा र बच्चाको पोषण अवस्था सुधार गर्न नियमित रुपमा आमा समुह बैठक सन्चालन गरि सबै आमाहरुलाई नियमित गर्भ जाँच, आइरन, फोलिक एसिड, क्याल्सियमको नियमित प्रयोग, स्वास्थ्य संस्थामा अनिवार्य प्रसुति हुनका लागि २४ सै घण्टे प्रसुति सेवा प्रदान गर्न सबै स्वास्थ्य संस्थमा ब्रथिङ्ग सेन्टर शुभारम्भ गरी सेवा सुरुवात गरिएको पुनले जानकारी दिए ।

बच्चा जन्मिएको १ घण्टा भित्र स्तनपान गराउने, ६ महिना सम्म पुणर् स्तनपान, सरकारले निर्धारण गरे बमोजिमको खोप सेवा, ६ महिनापछि थप पुरक खाना सन्तुलित आहार, ४ प्रकारका खानाको महत्व , बच्चाको वृद्धि र विकास बारे नियमित अनुगमन लगायतका बारेमा स्वास्थ्य शिक्षा प्रवाह गरि स्वास्थ्य संस्थाबाट पोषण बिशेष कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढाउने कार्य सन्चालन गरिएको गाँपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेव सपना टण्डनले जानकारी दिइन् ।

सामुदायिक स्तरमा वर्षमा २ पटक ५ वर्ष मुनिका बालबालिकाहरुलाई भिटामिन ‘ए” र परजिवि नियन्त्रण कार्यक्रम अन्तर्गत अल्बेन्डाजोल वितरण गर्ने कार्यको प्रभावकारी कार्यान्वयन, त्यसैगरेर विधालयमा किशोरीहरुका लागी आइरन फोलिक ऐसिड बितरण विधालयमा मंसिर र ज्येष्ठ महिनामा एलबेन्डाजोल वितरणको कार्य निरन्तर र प्रभाबकारी रुपमा सन्चालन गरिएको छ ।

६ महिना देखि २ वर्ष सम्मका बालबालिकाहरुलाई गुल्मी जिल्लामै पहिलो बालबिटा वितरणको कार्यक्रमको शुभारम्भ गरि प्रभावकारी सन्चालन गरिएको र देशमै पहिलो स्थानीय तहको रुपमा महिला स्वास्थ्य स्वयसेविकालाई पेन्सनको व्यावस्था गरिएको गाउँपालिका उपाध्यक्ष सावित्रा ज्ञवालीले जानकारी दिइन् ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो