Salime Malika Krishi Farm

Awareness Campaign

शुद्धिकरण अभियानको उद्देश्य आफ्नै साथी बैरी बनाउनु हो र?: अध्यक्ष अर्याल



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

भुवन भुसाल, गुल्मी: नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्यालले पत्रकार महासंघले सुरु गरेको शुद्धिकरण अभियानले आफ्नै साथीलाई बैरी बनाउनु हो र? भनेर प्रश्न गर्नुभएको छ।

प्रेस युनियन गुल्मीको अधिवेशनलाई सम्बोधन गर्दै वहाँले शुद्धीकरण अभियानको उद्देश्य पवित्र भएपनि सोचाई गलत भएकोले आज आफ्नै सहकर्मी बैरी बन्नुपर्ने अवस्था आएको बताउनुभएको छ। पत्रकार महासंघको शुद्धीकरण अभियानले निष्क्रिय पत्रकारहरुलाई सदस्यता त्यागेको स्वघोषणा गर्न, र सदस्यता खारेज गर्ने अभियान चलाउँदा आफूलाई धम्की समेत आएको उल्लेख गर्नुभयो।

वहाँले प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालको नाम नै लिएर जिल्लाको पत्रकार महासंघको कार्यालयमा शुद्धीकरण अभियानकै कारण ताला लागेको बताउँदै आफुले गलत गरेको भए केन्द्र र प्रदेशले कारवाही गर्नुपर्ने होईन भने यो समस्याको समाधान गरिदिन आग्रह समेत गर्नुभयो। पवित्र उद्देश्य राखेर गरिएको कामलाई एकातिर फालेर उद्देश्यलाई नै मोड्ने तर्फ गएको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो।

सिंचाई
Forest
Ad.

प्रेस युनियन गुल्मीको अधिवेशन अहिले गुल्मीको सदरमुकाम तम्घासमा चलिरहेको छ।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो