Smoking Causes Cancer

साहित्यकार झमक घिमिरेको १४ औँ कृति ‘कर्मणा’ प्रकाशित



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

गुल्मी: जीवन काँढा कि फूल नामक आत्मकथात्मक कृतिका लागि वि.सं. २०६७ सालमा प्रतिष्ठित मदन पुरस्कार प्राप्त साहित्यकार झमक घिमिरेको नयाँ कृति कर्मणा  प्रकाशित भएको छ।

यो झमक घिमिरेको १४ औँ प्रकाशित कृति हो।

झमकले कर्मणा वि.सं. २०७४ देखि २०७८ सम्म लेखिएका आफ्ना भोगाइहरु र विचारहरुको निबन्धात्मक कृति भएको बताइन्।

सिंचाई
Forest
Ad.

लेखनको शुरुवाती क्रममा उनको लेखन कवितामा केन्द्रित थियो र पछिल्लो चरणमा उनको कलम गद्यमा बढी चलेको छ।

झमक कुमारी घिमिरे प्रतिभावान नेपाली महिला स्रष्टा हुन। प्रति मष्तिस्क रोग(Cerebral palsy)द्वारा पीडित घिमिरे, उक्त रोगद्वारा पीडित विश्व कै १० प्रतिभावान साहित्यकार मध्ये एक हुन। जन्मदेखि नै हात गोडा नचल्ने, उभिन, हिँड्न, बोल्न नसक्ने तर सुन्न र बुझ्न चाहीँ सक्छिन। खुट्टाको ३ औला मात्र चल्ने उनले तिनै ३ औलाको सहयोगले धेरै रचना प्रकाशित गरिसकेकि छिन।

औपचारिक शिक्षा पाउन असमर्थ घिमिरेले, घरमा भाइ र बहिनीले पढेको र लेखेको देखेर र सुनेरै आफ्नो क्षमता विकास गरेको मदन पुरस्कार प्राप्त आत्मकथा जीवन काँडा कि फूलमा लेखेकी छन्। उनको २०५३ सालदेखि लेखनमा रुचि बढेको हो। कान्तिपुर र ब्लास्ट टाइम्स पत्रिकामा उनका नियमित स्तम्भहरू पनि छापिन्छन्। झमकले मदन पुरस्कार, प्रबल गोरखा दक्षिण बाहु चौथो लगायत दर्जनौँ पुरस्कार एवं सम्मान प्राप्त गरेकी छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो