Smoking Causes Cancer

Awareness Campaign

गुल्मीको मुसिकोटमा पहिलो पटक सार्वजनिक पुस्तकालय स्थापना



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: मुसिकोट नगरपालिकाको केन्द्र वडा नं. ७ वामीटक्सार बजारमा पहिलो पटक सार्वजनिक पुस्तकालयको स्थापना गरिएको छ। नगरपालिकाले २१० औँ भानु जयन्तीको अवसर पारेर “हाम्रो पुस्तकालय” को उद्घाटन गरेको हो।

जिपपार्क स्थित सामुदायिक भवनमा स्थापना गरिएको पुस्तकालयको नगरप्रमुख जीवन खरेलले समुद्घाटन गर्नुभएको हो । नगरकै गहनाको रुपमा पुस्तकालयको स्थापना गरिएको भन्दै यसको निरन्तरताका लागि सबैको साथ सहयोग अपरिहार्य रहेको बताउनुभयो।

उहाँले पुस्तकालयलाई साझा पुस्तकालयको रुपमा स्थापना गरिएको भन्दै बौद्धिक र सांस्कृतिक संस्थालाई विस्तारै ई-लाईब्रेरीको रुपमा विकास गरिँदै लगिने बताउनुभयो । आदिकवी भानुभक्त आचार्यलाई समेत स्मरण गर्दै नगरप्रमुख खरेलले उहाँको कृतिहरुबाट प्रेरणा लिनुपर्ने बताउनुभयो।

सिंचाई
Forest
Ad.

नगरउपप्रमुख गंगा श्रेष्ठले आधुनिकतासँगै पठन संस्कृति हराउँदै गएकाले पठन संस्कृतिको विकास गर्ने उद्धेश्यले पुस्तकालयको स्थापना गरिएको बताउनुभयो । सामाजिक सञ्जालको प्रयोगले सामाजिक चेतना र ज्ञान तथा बौद्धिकता हराउँदै गएको भन्दै उहाँले पुस्तकालयले सबै क्षेत्रका व्यक्तिलाई अध्ययन गर्ने थलोको रुपमा विकास गरिने जानकारी दिनुभयो।

शिक्षक महेश्वर घिमिरेले पुस्तकालयको स्थापना हुनु खुसीको कुरा रहेको भन्दै सबै प्रकारका पुस्तकहरुको उपलब्धता र निरन्तरता हुने विश्वास व्यक्त गर्नुभयो । सार्वजनिक पुस्तकालयको महत्व बुझेर आम नागरिकहरुले त्यसको फाईदा लिन सक्नुपर्ने उहाँको भनाई थियो।

महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक देविराम शर्माले शिक्षक र विद्यार्थीका लागि समेत आवश्यक पर्ने पठन सामाग्री र पाठ्यपुस्तकहरु पुस्तकालयमा रहेको भन्दै यसले विद्यार्थी र शिक्षक दुवैलाई फाईदा पुग्ने बताउनुभयो । बालबालिका देखि वृद्धसम्मलाई लक्षित गरेर पुस्तकालयको अवधारणा ल्याएको भन्दै उहाँले नगरपालिकालाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।

मुसिकोट नगरपालिकाको विनियोजित ३ लाख बजेट मध्ये २ लाखबाट फर्निचर तथा पुस्तक खरिद गरि पुस्तकालय स्थापना गरिएको नगरपालिकाका उजुरी प्रशाशक विष्णु खरेलले जानकारी दिनुभयो । उहाँले बाँकी रहेको बजेटबाट थप पुस्तकहरु खरिद गरिने समेत बताउनुभयो ।

Awareness by SKF

पुस्तकालयमा लोकसेवा, शिक्षक सेवा, धार्मिक, कानुन, साहित्यिक, बौद्धिक, स्वास्थ्य सम्बन्धी सहित झण्डै १ सय ६ प्रकारका पुस्तकहरु उपलब्ध हुने उहाँको भनाई छ । पुस्तकालय सञ्चालनका लागि छिट्टै सञ्चालन समिति गठन गरिने र थप व्यवस्थित बनाउने नगरपालिकाको योजना रहेको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो