Salime Malika Krishi Farm

Awareness Campaign

प्रेस युनियन, गुल्मीको अधिवेशन साउन ६ मा हुने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

अनिष पन्थी, गुल्मी: नेपाल प्रेस युनियन जिल्ला शाखा गुल्मीको अधिवेशन आगामी साउनमा हुने भएको छ। शनिबार बसेकाे जिल्ला कार्यसमिति गुल्मीको बैठकले आगामी साउन ६ गते अधिवेशन गर्ने निर्णय गरेको हो।

नेपाल प्रेस युनियन जिल्ला शाखा गुल्मीले गर्न लागेको अधिवेशन नवौं हो । शनिबार नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य, प्रदेश लेखा समिति सदस्य र सिङ्गो कार्यसमितिको बैठकले साउन ६ गते भव्यताका साथ अधिवेशन गर्दैछ । यद्यपि अधिवेशन गर्ने स्थान भने ताेकिएकाे छैन् । कार्यसमितिले पुनः केही दिनमै बैठक बसेर स्थान र आवश्यक व्यवस्थापनकाे निर्णय गर्ने जिल्ला कार्यसमितिका सचिव रमेश विश्वकर्माले जानकारी दिए ।

नेपाल प्रेस युनियनकाे नवौं अधिवेशनलाई विगतमा भन्दा ऐतिहासिक बनाएर अगाडि बढाउने गरि तयारी गरिएको जिल्ला कार्यसमितिका सभापति रेशम कुँवरले जानकारी दिए । अधिवेशन सम्बन्धमा कार्यसमितिकाे बैठक पुनः छिट्टै बस्ने पनि सभापति कुँवरले जानकारी दिएका छन् ।

सिंचाई
Forest
Ad.

आगामी अधिवेशनमा सभापति पदका उम्मेदवारकाे रुपमा नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश प्रतिनिधि सुमन महतारा, लुम्बिनी प्रदेश लेखा समिति सदस्य प्रकाश घिमिरे र जिल्ला कार्यसमिति सचिव रमेश विश्वकर्माकाे चर्चा छ । तर, औपचारिक रुपमा भने कसैले घाेषणा गरेका छैनन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो