टोपलाल अर्याल, गुल्मी: गुल्मीमा लागु औषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तराष्ट्रिय दिवस मनाइएको छ। दिवसको अवसरमा प्रभातफेरि तथा सतेतनामुलक कार्यक्रम गरिएको छ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, नेपाली सेना, सशस्त्र प्रहरी र रेसुङ्गा नगरपालिकाको संयुक्त आयोजनामा जनचेतनामुलक सन्देश, ब्यानर र प्लेकार्ड सहितको प्रभातफेरिले बजार परिक्रमा गरिएको थियो।
प्रभातफेरिपछि आयोजित कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक नविन किशोर प्रधानले जिल्लामा लागु औषध दुरुपयोग तथा ओसारपसारको अवस्थाका बारेमा जानकारी गराएका थिए ।
प्रधानले जिल्लामा लागु औषध दुरुपयोग तथा ओसारपसारको ठुलो समस्या नभएपनि प्रयोगकर्ताहरु बढ्न थालेको बताए । उनले लागु औषध प्रयोगकर्ताहरुको बिषयमा प्रहरी र प्रशासनमा गुनासाहरु बढिरहेकाले दुरुपयोग तर्फ सवै सचेत रहनुपर्नेमा जोड दिए।
प्रधानका अनुसार जिल्लामा ०७६ देखि अहिलेसम्म तीन जना बिरुद्ध लागु औषध दुरुपयोग तथा ओसारपसारको मुद्धा चलेको छ । उनले बजारमा केहि युवा तथा बिद्यार्थीहरुले होटल, डाँडा र चोकहरुमा बसेर लागु औषध सेवन गरिरहेको बताउँदै नियन्त्रणमा लिएर सम्झाएर छोड्ने काम भएकाले आगामी दिनमा कारबाहीनै अगाडी बढाउने बताए।
त्यस्तै होटलहरु पनि सचेत सहन पर्ने, परिवारले आफ्नो सन्तानको गतिविधी नियन्त्रण गर्नुपर्ने अवस्था रहेको प्रधानले बताए । उनले गाँजा फँडानी, बिद्यार्थी बिद्यालय सचेतना र समुदाय स्तरमा समेत सचेतनाका काम प्रहरीले गरिरहेको बताए।
त्यस्तै प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले लागु औषध सदुपयोगले आर्थिक समृद्धि हुने र दुरुपयोग हुँदा जीवन बर्बाद हुने बताए । उनले प्रहरीको समुदाय र बिद्यार्थी सचेतनासहित स्थानीय तहहरुले पनि अभियानहरुलाई जोड दिनुपर्नेमा जोड दिए ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |










