Smoking Causes Cancer

रुरुक्षेत्रको प्राथमिकतामा कफि र गुड, हेडसर र स्वास्थ्य स्वयंसेविकाकाे भत्ता बढ्ने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

कृष्ण अन्जान, गुल्मी: रुरुक्षेत्र गाउँपालिका गुल्मीको अर्थिक बर्ष २०८०-८१ को बजेट गाउँसभामा प्रस्तुत भएको छ । गाउँपालिकाको १४ औं अबिधेसनको दास्रो बैठकमा गाउँपालिका उपाध्यक्ष मिनादेबी गौतमले ५३ करोड ५४ लाख ९७ हजार २ सय ३० रुपैयाको बजेट सभामा प्रस्तुत गरिन । जसमा चालु तर्फ ६४ दसमलब ७५ प्रतिशत अर्थात करिब ३४ करोड बढी र पूजिगत तर्फ ३५ दशमलव २५ प्रतिशत अर्थात १९ करोड बढी रकम विनियोजन गरिएको छ ।

बजेटमा पूर्वाधार विकासमा गाउँपालिकाको निर्माण सम्पन्न हुन लागेको भवन लागि गाउँपालिका बाट ६३ लाख, कफि, गुड प्रशोधन, कोल्ड स्टोरको लागि पनि आवस्यक बजेटको ब्यवस्था गरिएको छ ।

महिला सामुदायिक स्वास्थ्य स्वयंसेबिकाको बार्षिक ५ हजार भत्ता डबल बनाएर १० हजार पुर्याईएको छ भने प्रधानाध्यापकको मासिक भत्ता विद्मालयको तह अनुसार ५ गुणासम्म बृद्धि भएको छ ।

सिंचाई
Forest
Ad.

यस्तै सडक स्तरोन्ती समपूरकमा धेरै रहेका छन । भट्कुवामा पिक्निक स्पट, पोखरी, बृक्षारोपणमा रकम बिनियोजन गरिएको छ ।

१३ गते थप छलफल गर्ने गरि को सभा स्थगित भएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो