सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि ६६ करोड ५७ लाख १२ हजार ८ सय ९६ रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।
नगरपालिकाको दोश्रो नगरसभाको चौधौँ अधिवेशनमा नगर उपप्रमुख गंगा श्रेष्ठले आगामी वर्ष संघीय सरकारले प्रदान गर्ने अनुदान, लुम्बिनी प्रदेश सरकारले प्रदान गर्ने अनुदान र नगरपालिकाको अनुमानित आम्दानी, राजश्व बाँडफाँड लगायतको आधारमा बजेट सार्वजनिक गर्नुभएको हो।
नगरपालिकाले आगामी आर्थिक वर्षमा राजश्व बाँडफाँडबाट १५ करोड २३ लाख ४८ हजार ८ सय ९६ रुपैयाँ आम्दानी हुने अनुमान गरेको छ । त्यस्तै आम्दानी तर्फ नै संघिय सरकारबाट प्राप्त हुने विभिन्न अनुदान सहित कुल ४७ करोड ९७ लाख रुपैयाँ र प्रदेश सरकारबाट प्राप्त हुने ३ करोड ३६ लाख ६४ हजार रुपैयाँ रहेको छ।
त्यस्तै अनुमानित आय व्यय मध्ये खर्च तर्फ चालु खर्च ४५ करोड १ लाख ८९ हजार रुपैयाँ र पुँजीगत खर्च तर्फ २१ करोड ५५ लाख २३ हजार ८ सय ९३ रुपैयाँ रहेको छ।
नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ को लागि चालु खर्चतर्फ ४४ करोड २१ लाख ४० हजार र पुँजीगत तर्फ २३ करोड ९० लाख ७८ हजार विनियोजन गरेको छ।
बजेटको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्।
नीति तथा कार्यक्रमको पूर्णपाठ हेर्न यहाँ क्लिक गर्नुहोस्।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








