Smoking Causes Cancer

बागलुङ नगरपालिकाले ल्याएकाे ‘नगरको छोरी’ कार्यक्रम के हो?



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

रासस, बागलुङ: बागलुङ नगरपालिकामा जन्मेका छोरीको सम्मान र आर्थिक भविष्यका लागि ‘नगरको छोरी’ कार्यक्रम ल्याएको छ। बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा नगरको छोरी कार्यक्रमअन्तर्गत नगरपालिकाभित्र जन्मने छोरीको बैंक खाता खोलेर तत्कालै रु पाँच हजार जम्मा गरिदिने नीति लिएको छ।

नगरप्रमुख वसन्तकुमार श्रेष्ठले छोरीको जन्म भएपश्चात् छोरीको नाममा नगरपालिकाले रु पाँच हजार मुद्दती खाता खोलेर जम्मा गरिदिने र उक्त खातामा सम्भव हुने अभिभावकले समेत रकम थप गर्न पाउने गरी नगरको छोरी कार्यक्रम अगाडि बढाइने नीति तथा कार्यक्रम ल्याएकाछन्।

नगरपालिकाले बैंकसँग सम्झौता गरी उक्त खातामा चक्रीयरुपमा उच्चतम ब्याज प्राप्त हुने र उक्त खाताको रकम कम्तीमा २० वर्षसम्म झिक्न नमिल्ने कार्यविधि निर्माण गरेर नगरकी छोरी कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको योजना रहेको नगरप्रमुख श्रेष्ठले बताए।

सिंचाई
Forest
Ad.

“अबदेखि नगरपालिकाभित्र जन्मने सबै छोरीहरु नगरका छोरी कार्यक्रममा समावेश हुनेछन्, उनीहरुको बैंक खाता खोलेर रु पाँच हजार नगरले नै जम्मा गर्नेछ, अभिभावकले समेत उक्त खातामा इच्छाइएको रकम जम्मा गर्न सक्नेछन्”, नगरप्रमुख श्रेष्ठले भने, “नगरको छोरी २० वर्ष पुग्दा ब्याजले नै राम्रो रकम जम्मा हुनेछ, छोरीको नाममा खाता खोलेपछि बचत गर्न अभिभावक प्रेरितसमेत हुनेछन्।”

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो