Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीमा लम्पी स्किन रोगले १५० गाई गोरु मरे, पाँच हजार संक्रमित



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

तिलाचन पाण्डे, गुल्मीः पछिल्लो समय लम्पी स्किन रोगको संक्रमणका कारण गुल्मीमा १५० गाइ गोरु मरेको पाइएको छ।

जिल्लाका १२ वटै स्थानीय तहमा फैलिएको उक्त रोगका कारण जिल्लामा १५० गाइगोरु मरेको र करिव पाँचहजार पशुहरु संक्रमण भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र गुल्मीका प्रमुख डाक्टर भरत काफलेले जानकारी दिए।

पहिले पशुहरुमा उच्च ज्वरो आउने ,कल्चौडादेखी शरिरका विभिन्न भागहरुमा गिर्खा आउने र पाक्ने जस्ता लक्षणहरु देखा पर्ने गरेको उनले बताए । पशुहरुमा देखा पर्ने उक्त लक्षणहरुमा बिशेष गरी लामखुट्टे र झिंगाहरुबाट सर्ने गर्दछ ।

सिंचाई
Forest
Ad.

यो रोग विशेष गरी गाइगोरुमा देखा परेको र भैसीहरुमा बिरलै भएको काफलेको भनाई छ । दुध दिने गाईहरुमा उक्त रोग देखा परेपश्चात आधा जति दुधमा कमि आएको कार्यालयले जनाएको छ । लम्पी स्किप रोगको संक्रमणका कारण १० प्रतिशत पशुहरुको मृत्युदर हुने संभावना रहेको काफलेले बताए ।

उक्त रोगलाई न्यूनिकरण गर्नका लागि कार्यालयले प्राविधिक र बिज्ञ सेवा प्रदान गर्दै आएको कार्यालयले जनाएको छ । कार्यालयमा बजेट नभएकाले स्थानीय तहहरुसंग सहजीकरण गरी आफूहरुले प्राविधिक र विज्ञ सेवाहरु प्रदान गर्दै आएको काफलेले बताए ।

जिल्लामा स्थानीय तहहरुको सहयोगमा पशुहरुमा करिव २५ लाख रुपियाँ बराबरको औषधि र भ्याक्सिन लगाइएको छ ।

यता धुर्कोट गाउँपालिकाका भूपाल पोखरेलले पालिका भित्र एक दर्जन भन्दा वढी पशुहरु मरिसकेको बताउँदै हजार भन्दा वढी पशुहरुमा भ्याक्सिनहरु खरिद गरेर लगाइसकेको बताए।

Awareness by SKF

जिल्लामा रहेको विज्ञ केन्द्रलाई प्रदेश सरकारले राम्रोसंग ब्यवस्थापन गर्न नसक्दा यस्ता माहामारीहरुमा कुनै काम नरहेको पोखरेलको भनाई छ ।

नामको मात्रै विज्ञ केन्द्रको औचित्य नभएको भन्दै स्थानीय सरकारलाई अझ प्रभावकारी बनाउनुपर्ने उनको धारण छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो