Smoking Causes Cancer

रुरुक्षेत्रमा १०८ पोखरी खनिने, १ हजार ८ पिपलका वृक्षारोपण गरिने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

भुवन भुसाल, गुल्मी: गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले खानेपानीको मुहान संरक्षण गर्न र पर्यावरण जोगाउन १ सय ८ वटा पोखरी खन्ने भएको छ । त्यस्तै पालिकाले १ हजार ८ वटा पिपलका वृक्ष रोप्ने भएको गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले जानकारी गराउनुभएको छ।

रुरुक्षेत्र गाउँपालिकाको गाउँ सभाको १४ औं अधिवेसनमा आगामी आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष ज्ञवालीले सो कुरा उल्लेख गर्नुभएको हो । ज्ञवालीले रुरुक्षेत्र गाउँपालिकाको धार्मिक महत्व झल्काउन र धार्मिक पर्यटक भित्र्याउन बिधालय, टोल बिकास समिती आमासमुह, युवा क्लब, सहकारी,बैंकिङ क्षेत्र तथा निजि संघ सस्था संगको सहकार्यमा आगामी ४ बर्ष भित्र गाउँपालिका भित्रका सार्वजनिक स्थानमा १ सय ८ पोखरी र १ हजार ८ पिपलका बिरुवाहरु लगाईने उल्लेख गर्नुभयो । वहाँले आगामी आर्थिक बर्षमा कम्तीमा ३० वटा पोखरी, र २ सय ५० पिपलका रुखहरु रोप्ने उल्लेख गर्नुभयो।

पुर्खाहरुले खनेका पोखरी पुर्ने र ठुलाठुला पिपलका बोटहरु बिकास निर्माणका क्रममा काटिरहेको सन्दर्भमा गाउँपालिकाले पानीको मुहान संरक्षण गर्दै पर्यावरण जोगाउन यस्तो नीति ल्याईएको अध्यक्ष ज्ञवालीले बताउनुभयो।

सिंचाई
Forest
Ad.

गाउँपालिकाले आगामी आर्थिक बर्षमा कालोपत्रे भैसकेका सडकको दायाँ बायाँ किनारमा हरियाली प्रवर्द्धन गर्न आवस्यकता अनुसार फलफुल र अन्य सौन्दर्य बढाउने रुखबिरुवाहरु समेत रोप्ने भएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो