Smoking Causes Cancer

Awareness Campaign

विद्यार्थीको हातहातमा ‘हाम्रो मालिका’



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

टोपलाल अर्याल, गुल्मी: ‘हाम्रो मालिका’, अहिले मालिकाका विद्यार्थीको हातहातमा पुगेको छ। जिल्लाकै मै हुँ भन्ने पालिकाहरुलाई पुस्तक निर्माणमा निकै मुस्किल परिरहेको छ तर, कुनै समय जिल्लाको विकट भनिने मालिका गाउँपालिकाले कक्षा १ देखि ८ सम्मको पाठ्यपुस्तक निर्माण गरेर एकै पटक विद्यार्थीहरुको हातहातमा पुर्याएको छ।

मालिकाले पाठ्यपुस्तमा मात्रै नभएर देशमा महत्वपूणर् अभियानमा समेत पहिलो बनाएर देखाएको छ । खुल्ला दिशामुक्त अभियान सफल बन्ने अर्जे मालिकाकै वडा हो । त्योसंगै स्थानीय तहपछि जिल्लामै पहिलो पूणर् संस्थागत प्रसुति गाउँपालिका पनि बनेको छ । काम गर्ने दृढ संकल्प र इच्चाशक्तिले धेरै कठोर कामहरु पनि सम्भव भएका छन् । पछिल्लो उदाहरणको रुपमा मालिका गाउँपालिकाले पाठ्यपुस्तकबाट प्रमाणित गरेको छ।

जिल्लाको जेठो स्थानीय तह रेसुंगामा भर्खर पाठ्यपुस्तक निर्माणको प्रक्रिया अगाडी बढेको छ । सवैभन्दा धेरै बिद्यालय भएको अर्को स्थानीय तह मुसिकोट नगरपालिका पाठ्यक्रममै लर्खरिएको छ । जिल्लाको मालिका गाउँपालिकाले स्थानीय पाठ्यपुस्तकनै कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले १०० पूर्णाङ्कको ‘हाम्रो मालिका’ नामको स्थानीय पाठ्यपुस्तक जिल्लामै पहिलो पटक कक्षा १ देखि ८ सम्म एकै पटक कार्यान्वयन गरेको हो । गतबर्षबाट पाठ्यक्रम भएपनि अहिलेदेखि पाठ्यपुस्तकनै निर्माण गरेर वितरण गरेको छ।

सिंचाई
Forest
Ad.

राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार कक्षा १ देखि ८ सम्म स्थानीय तहले पाठ्यक्रम तथा पाठ्यपुस्तक अनिवार्य निर्माण गरेर कार्यान्वयन गर्नुपर्ने व्यावस्था छ । सोहि व्यावस्थालाई मालिकाले पूणर् कार्यान्वयन गरेको हो । मुल तथा विभिन्न उपसमिति निर्माण गरेर लामो समयको प्रयासपछि पाँच वटा विषयसुची समावेश गरेर स्थानीय पाठ्यपुस्तक कार्यान्वयनमा ल्याउन सकिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख भुम घर्तिले जानकारी दिए।

पाठ्यपुस्तकभित्र विशेष गरेर गाउँपालिका भित्रका प्रचलित धर्म, संस्कृती र पम्परा, स्थानीय पेसा व्यावसाय सीप र प्रविधी, स्वास्थ्य सरसफाई, योग जडिबुटी र सकारात्मक व्याबहार, सूचना सञ्चार प्रविधी, व्यावहारिक लेखन र विपद् जोखिम न्यूनीकरण विषयवस्तु समेटिएको घर्तिले बताए । स्थानीय पाठ्यपुस्तक मालिका गाउँपालिकाका ५३ सामुदायिक विद्यालय तथा पाँच वटा संस्थागत गरेर ५८ विद्यालयका चार हजार बढि विद्यार्थीले अध्ययन गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास खनालले जानकारी दिए । उनले प्रध्यानाध्यापक, विद्यालय व्यावस्थापन समिति, शिक्षा समिति, अभिभावक र पालिकाका सवै सरोकारवालासंगको छलफल र आवश्यकताको आधारमा निर्माण गरिएकाले कार्यान्वयमा कुनै समस्या नरहेको बताए।

मालिका गाउँपालिकाका उपप्रमुख उपेन्द्र अर्यालले सवै काममा चुनौति हुने भएकाले अठोट र क्रियाशिलताले सफलता प्राप्त हुने बताए । उनले प्रमुख र उपप्रमुखलाई बिद्यालय, बिद्यार्थी र अभिभावकसंग जोडेर शिक्षा सुधार बर्षलाई सफल बनाउने बताए । उनले पाठ्यपुसक निर्माणको कठिनाइ र संर्घषको सिकाईबाट नयाँ कदमहरुको लागि उर्जा प्राप्त भएको बताए।

बिहिबार मालिका गाउँपालिकाले पुस्तक निर्माणमा योगदान गर्नेहरुलाई सम्मान तथा पुस्तक विमोचन गरेर बिद्यालयहरुमा वितरण गरेको छ । गाउँपालिका प्रमुख देविराम अर्यालले बिद्यार्थीहरुलाई बिद्यालय स्तरबाट सीपयुक्त बनाउन स्थानीय कलासंस्कृतिससंगै व्यावहारिक पेशा व्यावसायका सीप र विपद्का विषयवस्तु समेत पाठ्यपुस्तकमा समेटिएको बताए । बिद्यालय स्तरको पढाई सकिए लगत्तै सामुदायमा व्यावहारिक र स्वरोगार बन्न प्रेरित पाठ्यपुस्तकले गरेको अर्यालले बताए।

Awareness by SKF

शिक्षा विकास तथा समन्वय इकाई गुल्मीका अनुसार जिल्लाका सवै पालिकाले पाठ्यक्रम बनाएका छन् । तर, निकै कमले मात्रै पाठ्यपुस्तक निर्माण गरेका छन् । जिल्लाको धुर्कोट र गुल्मीदरवार गाउँपालिकाले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निर्माण गरेर कार्यान्वयन गरिरहेको शिक्षा विकास तथा समन्वय इकाईका सूचना अधिकारी अमर केसीले जानकारी दिए । केसीका अनुसार धुर्कोट गाउँपालिकाले जिल्लामा पहिलो पटक कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक कार्यान्वयनमा ल्याएको थियो । यो बर्ष केहि पालिकाले पाठ्य पुस्तक निर्र्माणको सुरुवात गरेपनि धेरै पालिकाहरु अलमल देखिएको केसीले बताए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो