Salime Malika Krishi Farm

Awareness Campaign

लम्पी स्किन भाईरसले गुल्मीमा हजारौँ पशु चौपाया मरे



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: गुल्मीका १२ वटै गाउँपालिकामा गाई गोरु, भैँसी र बाख्राहरुमा खटिरा उठने, शरिरका विभिन्न भाग सुनिने गर्दागदै धमाधम मरेर कृषकहरु चिन्तामा छन्। तर, संघ र प्रदेश सरकारको त कुरै नगरौं स्थानीय सरकार समेत कृषकहरुको यो पिरचिन्तामा साथ दिन सकेको छैन्।

सर्वसाधारण किसान भन्छन् यो के रोग रालेको हो, अहिलेसम्म त डिंगा बाच्छामा यस्तो देखिएको थिएन्। सर्वसाधरण किसानहरुका लागि यतिबेला चौपायहरुमा यो अज्ञात रोग लागे पनि खास त यो बिभिन्न मुलक हुँदै तराईबाट पाहडी जिल्लमा सल्कीएको लम्की स्किन भाईस हो।

यस भाईरसले गुल्मी जिल्लाका सबै पालिकाका चौपायाहरु बिरामी हुनुका साथै मर्दै गएका छन् । गत दुई महिनादेखि यो भाईरसले हजारौं किसानका हजारौं गाई भैँसी, गोरु र बाख्रा मरेर ठुलो क्षति हुँदा पनि स्थानीय सरकारको सामान्य खोप बाहेक प्रदेश र संघीय सरकार गम्भीर हुन सकेको छैन् । यो रिर्पोट तयार पार्ने बेलासम्म गुल्मीमा ४ देखि ५ हजारसम्म गाई भैसी र गोरु मरेको सम्बन्धित निकायले जनाएको छ । १२ वटा पालिका मध्य हामी स्थलगत रिर्पोटिङ्ग गर्न मुसिकोट नगरपालिकामा पुगेका थिर्यौ । त्यस पालिका वडा नम्वर २ र ३ का रामबहादुर महत, मिनबहादुर महत, बुद्ध थापा, राजु नेपाली, नरबहादुर कार्की, डम्बरबहादुर बोहरा बाशुदेव रिजाल सहित दर्जनौँ घर परिबारका गोरु मरेको र त्यति भन्दा बढि संख्यामा बिरामी परेको देखियो।

सिंचाई
Forest
Ad.

प्रायः प्रत्येक घरका गोरुहरुको माल्चो जुनिने, डरलाग्दा खटिरा शरिरका विभिन्न भागमा उठेका र पाकेर घाउ बनेको देखियो । गोरुहरुको त्यो रोगबारे अनविज्ञ किसानहरु ती गोरुहरुलाई बेसार पानी खुहाउँदै पालिकाले वास्तै नगरेको गुनासो गर्दै थिए ।वडा नम्वर ३ का किसान बाशुदेव रिजाल भन्छन – ‘वडा नम्वर २ मा भ्याक्सीन खोप लगाउन आए तर हाम्रोमा वडाध्यक्षलाई फोन गर्दा पनि आएनन । ’ जिल्लाका सबैपालिकामा हामीले फोन गरेर सोध्दा सबैतिर चौपाय विरामी पर्दै मर्ने गरेको जानकारी दिईयो । त्यस मध्ये हामीले पुर्वी गुल्मी तर्फको पालिकाको प्रतिनिधीत्व गराउँदै कालिगण्डकी गाउँपालिका प्रमुख वेद थापा, पश्चिम तर्फ धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल, उत्तर तर्फ मुसिकोट नगरपालिका प्रमुख जिवलाल खरेल जिवन र दक्षिण तर्फको अबस्था बुझन रुरुक्षेत्र गाउँपालिका प्रमुख यदु ज्ञवालीसंग कुराकानी गर्दा सबैतिर पशु चौपायाको यो भाईरसले असर गरेर कृषकहरु आपतकालिन अवस्थामा पुगेको बताए।

धुर्कोटमा एक हजार बढि चौपायहरुमा भाईरस बिरुद्धको खोप लगाईएको तर प्रदेश सरकारको प्रतिनिधी संस्था पशु सेवा तथा पशु चिकित्सक विज्ञ केन्द्रले केहि नगरेर घाँस मात्रै वितरण गरेर दिन कटाएको धुर्कोट गाउँपालिका प्रमुख पोखरेल बताउँछन । मुसिकोट नगरपालिका प्रमुख खरेलले पशु स्वास्थ्यकर्मी नपुगेका वडाहरुमा तत्कालै आफुले खटाउने निर्देशना दिएको बताए । रुरुक्षेत्र गाउँपालिकामा गाई मात्रै ३६ वटा मेरको र अब स्थिती स्थानीय सरकारको पशु स्वास्थ्य पहुँच भन्दा माथी पुगेको त्यस पालिका प्रमुख ज्ञवाली बताउँछन । कालिगण्डकी सहित पुर्वी गुल्मीका सबै पालिकाहरुमा पनि पशु चौपायमा लागेको भाईरसको अवस्था भयावह रहेको त्यस पालिका प्रमुख थापाले बताए ।

अधिकांश पालिका प्रमुखले प्रदेश सरकारको प्रतिनिधी संस्था पशु सेवा बिज्ञ केन्द्र गुल्मीले केहि गर्न नसकेको आरोप लगाए पछि हामीले त्यस केन्द्रका प्रमुख पशु चिकित्सक भरत काफ्लेको ध्यानाकर्षण गराउँदा उनले आफुकहाँ आएको खोप पालिकाहरुलाई दिएको, थप खोप प्रदेश र संघ सरकार र अर्थमन्त्रालयले रकम निकासी गरेर नपठाई वितरण गर्न नसकिने बताए । उनले मानिस संक्रमित हुने कोभिड महामारी जस्तै अहिले आएको पशुमा लाग्ने भाईरस त्यस्तै भएको बताउँदै खोप बाहेक अन्य उपचार नहुने स्पष्ट पारे । उनले ४ देखि पाँच हजार सम्म पशु चौपाय मरी सकेको र त्यो भन्दा बढि थला परेको जानकारी पाएको बताए।

जिल्लामा हरप्रकारको विपद पर्दा अगुवाई गर्ने जिल्ला प्रशासन हो । पशु चौपायमा यो विपद पर्दा जिल्ला प्रशसन कार्यालय मौन देखिन्छ । यसर्थ जिल्ला विपद ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको ध्यानकृष्ट गराउँदा आफुले जिम्मेवारी सम्हालेको भर्खर एक हप्ता भएको र यसै मिडिया मार्फत जानकारी पाउने बित्तिकै आफुले सहायक प्रजिअलाई निर्देशन दिई सरोकारवालको बैठक आजै राखेर क्षतिको बिवरण उठान गर्ने, त्यस भाईरसबाट कसरी बचाउन सकिन्छ भन्ने कुराको उपाय खोज्न सुरु गर्ने बताए।

Awareness by SKF

बास्तवमै कोभिड महामारीमा मानवजातिमा क्षति र त्रास आउँदा जसरी राज्य सबै अंग र समाजको सबै पक्ष सतर्कता अपनाउँदै जुधेका थिए त्यसरी नै पशु चौपाय माथि आक्रमक बनेको भाईरस बिरुद्ध जुध्नु पर्ने देखिन्छ । खेत रोपाइको सिजर्न भित्रिएको यो बेला गोरुहरु थला पर्दै मर्दै जाँदा किसानहरु ठुलो पिरचिन्तामा छन् । पशु बिमा गरेकाले त क्षतिपुर्ति पाउलान तर अधिकांशले नगरेको हुँदा सरकारी निकायबाट आबश्यक खोप उपचारका अलवा क्षतिपुर्ति दिलाईनु पर्ने माग उठेको छ र सरकारले सम्बोधन गर्न पनि नितान्त जरुरी देखिन्छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो