Salime Malika Krishi Farm

Awareness Campaign

बाँदर धपाउन खटिए वडाध्यक्ष नै



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

पर्वत: भर्खरै पसाउन लागेका र दाना पस्न लागेका मकै खेती लाई बाँदरले नोक्सान गर्छ कि भनेर पर्वतको कुश्मा नगरपालिका ९ मा स्थानीयले बाँदर धपाउने पालो राखेका छन।

मकै जोगाउन यहाँका स्थानीयहरुले नै पालैपालो बाँदर कुर्ने गर्छन । खेतमा लगाइएको मकै नपाक्दासम्म हरेक दिन फरकफरक व्यक्तिले खेत कुर्नुपर्ने हुन्छ । त्यसका लागि खेतमा नै सानो छाप्रो बनाइएको छ ।

बाँदर एउटा दुइटा आए त छाप्रोमा बस्नेले नै धपाउँछ । हुल बाँधेरै आए त साध्य हुँदैन । अनि गाउँले सबैलाई खबर गर्नुपर्छ । बस्ती नजिकै भएका कारण छोटो समयमा नै गाउँलेहरु जम्मा भएर बाँदर धपाउने गर्दछन । यसका लागि १५ जना व्यक्ति छानिएका छन । बाँदर धपाउन छनोट हुनेमध्येका एकजना कुश्मा ९ का वडाध्यक्ष पनि हुन । वडाध्यक्ष राम शर्मा लामिछानेको बाँदर हेर्ने पालो जेठको २९ गते परेको छ । त्यसको १५ दिनपछि असार १३ गते उनको अर्को पालो छ ।

सिंचाई
Forest
Ad.

१५/१५ दिनको अन्तरालमा हरेकको पालो दोहोरिने र यो क्रम मकै पाकेर नउतार्दासम्म जारी रहने वडाध्यक्ष लामिछानेले बताए ।

‘मकै नपाक्दासम्म र रोपाईँ सुरु नहुँदासम्म खेती त जोगाउन प¥यो,त्यसकै लागि हरेक दिन एकजना व्यक्तिलाई बाँदर कुर्नको लागि खेतमा नै पठाइने गरिएको छ,’ उनले भने,‘१३ गते मेरो पालो हो, त्यो दिन म खेतमा जान्छु, रुटीन अनुसार सबै पालैपालो जाने गरेका छौँ ।’

बसाइसराईंले रित्तिएका पर्वतका ग्रामीण भेगमा बाँदर आतंक नयाँ भने होइन । अघिल्लो वर्षहरुमा पनि बाँदरले बालीनाली नष्ट गर्ने गरेको वडाध्यक्ष लामिछानेले सुनाउँछन । ग्रामीण क्षेत्रमा सबैको साझा समस्या नै बाँदरबाट कसरी खेती जोगाउने भन्ने छ ।अघिल्ला वर्षहरुमा पनि यसैगरी बाँदर धपाइएको उनले बताए।

अहिले भने वडाले खाजाको व्यवस्था गरिदिने उनले बताए । ‘आफ्नो पालामा लौरो लिएर खेतमा जाने, बाँदरको हुल आयो भने उसले संकेत दिन्छ (फोनमार्फत् वा चिच्याएर) त्यसपछि गाउँलेहरु सबै जान्छन्,’ उनले भने। -ढोरपाटन न्यूज

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो