Salime Malika Krishi Farm

Awareness Campaign

जाउँ हिँड रेसुंगा अभियान सुरु: १ लाख बढी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

टोपलाल अर्याल, गुल्मी: गुल्मीको रेसुंगा नगरपालिकाले ऐतिहासिक एवं पर्यटकीय क्षेत्र रेसुंगाको प्रचारप्रसारको लागि जाउँ हिड रेसुंगा अभियान सुरु गरेको छ।

अभियानको रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थीले शुभारम्भ गरे । यो अभियानले पहिचान भएका पर्यटकीय क्षेत्रको पूर्वाधार विकास र प्रवर्धन, रोजगारी सृजना, आर्थिक कृयाकलापमा बृद्धि, रुरुक्षेत्र, कालीगण्डकी, श्रृङ्गा, विचित्र गुफा, कङ्के देउराली लगायत धार्मिक तथा पर्यटकीय क्षेत्रलाई जोडेर सर्किट निर्माण गर्ने उदेश्य बोकेको नगरपालिकाका मेयर खिलध्वज पन्थीले बताए।

सम्भावनाका हिसाबले सिद्धबाबा मन्दिर आस्थासंग जोडिएको, यज्ञशालामा हवन शुद्धि कार्यक्रम अगाडी बढाइने,पोखरीमा चारधामको जल ल्याइने, सानो रेसङ्गा स्थित तारा गुरुको आश्रमस्थल, रेसुंगा क्षेत्रमा पाईने २ सय ३५ प्रकारका चरा रहेका छन्।

सिंचाई
Forest
Ad.

त्यस्तै स्थानीय गाई रहेको रेसुङ्गा गौशाला, गौरवको गर्जुरापार्क, भुवानेडाँडा, विचित्र गुफा, कंके देउराली, ईस्मा दरबार, रुरु क्षेत्र, मुसिकोट दरबार, गुल्मी दरबार, धुर्काेट कोत र हाम्रा सांस्कृतिक, धार्मिक, चाडपर्व संस्कृतिहरुको सरक्षण, विकास र प्रचार प्रसारमा टेवा पुराउने अभियानको उद्देश्य रहेको पन्थीले बताए।

जसका लागि आर्थिक बर्ष २०८०/८१ मा आन्तरिक तथा वाह्य पर्यटकको संख्या १ लाख भन्दा बढि पुर्याउने, निजि क्षेत्र सँग समन्वय गरि साहसिक पर्यटन जिप लाईन, होटल लगायतको क्षेत्रमा लगानी वृद्धि गर्ने,आर्थिक वर्ष २०८०/८१ लाई रेसुङ्गा भ्रमण वर्ष घोषणा गरी कार्यक्रम अगाडी बढाइने रेसुंगा नगरपालिकाको लक्ष्य रहेको छ ।

त्यस्तै छिमेकी जिल्ला, प्रदेश र अन्य ठाउँमा स्थानीय सरकार संग समन्वय गरी पर्यटकीय गतिविधि सञ्चालन गर्ने, गुल्मी जिल्लाबाट निजामती क्षेत्रमा भएको उपस्थितिबाट लाभ लिन कर्मचारी संग विशेष कार्यक्रम, विमानको उडान संस्था बृद्धि, सडक संजाल, छिमेकी जिल्लालाई जोडेर पर्यटन सर्किट निर्माणका लागी प्रयास गर्ने र लगानी सम्मेलन लगायतका काम गरिने मेयर पन्थीले बताए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो