Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको मुसिकोटमा बढ्दै किशोरी आमाको संख्या



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकामा २० वर्ष भन्दा कम उमेरमै बच्चा जन्माउने आमाहरुको संख्या उल्लेख्य रहेको पाईएको छ। उमेर नै नपुगी विवाह गर्ने र सामाजिक कारणले किशोरी आमाहरुको संख्या बर्षेनी बढेको पाईएको हो।

मुसिकोट नगरपालिका स्वास्थ्य शाखाका अनुसार चालू आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्म गर्भ जाँच गराउन आएका ३ सय ३७ जना गर्भवती महिला मध्ये ४२ जना महिला २० वर्ष भन्दा कम उमेर समुहका रहेका छन् । कार्यालयका अनुसार गत आव २०७८/०७९ मा नगरपालिकामा गर्भ जाँचका लागि आएका कुल ५१७ जना गर्भवती मध्ये ८४ जना २० वर्ष मुनिकै थिए । त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा गर्भजाँचका लागि आएका कुल ५१८ जना मध्ये ८६ जना महिला २० वर्ष भन्दा कम उमेर समुहका रहेको तथ्याङ्क छ।

नगरपालिकाका जनस्वास्थ्य निरिक्षक पुष्कर गौतमले कम उमेरमै विवाह गर्नु र सामाजिक कारण २० वर्षभन्दा कम उमेरमै गर्भवती हुने गरेको बताउनुभयो । “पछिल्लो समय भागी विवाह गर्नेहरु पनि बढिरहेकाले कम उमेरमै विवाह गर्नेहरु बढेका छन् उहाँले भन्नुभयो – सामाजिक संस्कारका कारण पनि कम कम उमेरमै विवाह गर्ने र बच्चा जन्माउनेहरु छन्।”

सिंचाई
Forest
Ad.

नेपालको मुलुकी देवानी संहिता २०७४ मा २० वर्ष नपुगी विवाह गर्न नपाइने उल्लेख छ । बालविवाह गरेमा बालबालिकाको उमेर अनुसार बढीमा तीन वर्षसम्म कैद र रु.१० हजारसम्म जरिवाना गर्ने व्यवस्था समेत गरेको छ । तैपनि बालविवाह नियन्त्रणमा आएको छैन।

मुसिकोट नगरपालिकाका स्वास्थ्य सयोंजक डिबी जिसीले १४ देखि ४९ वर्ष उमेर समुहलाई प्रजजन उमेर भनेर वर्गीकरण गरेपनि २० वर्षभन्दा कम उमेरमा हुने विवाहलाई बालविवाह ठहर गर्दा कानुनी तादम्यता नमिलेको बताउनुभयो।

प्रजनन उमेर अनुसार १८ वर्ष उमेरसम्मलाई बालविवाहको मान्यता दिनुपर्ने उहाँको भनाई छ । पहिला अभिभावकले नै सानो उमेरमा विवाह गराउथे भने अहिले विभिन्न कारणले आफुखुसी विवाह गर्ने प्रचलनले पनि समस्या आएको जिसीले बताउनुभयो।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार कम उमेरका आमा बुबाबाट जन्मने बच्चा शारीरिक र मानसिक रुपमा अशक्त हुनुको साथै आमा र बच्चाको स्वास्थ्य जोखिममा रहन्छ । सरकारले २०७२ सालमा पास गरेको बाल विवाह विरूद्ध रणनीतिमा सन् २०३० सम्म बाल विवाह अन्त्य गर्ने उल्लेख गरिएको छ ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो