Salime Malika Krishi Farm

Awareness Campaign

निरा हत्या प्रकरणमा विनोदको बयान: सिक्री लुट्न हत्या गरेँ, कोठामा पुगेर हत्याको समाचार पढेँ



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: वैशाख ७ गते बिहान करिब ११ बजे विनोद विक भक्तपुरको लोकन्थलीस्थित साथीको कोठाबाट बस चढेर चाबहिल चोक पुगे। बसबाट ओर्लेपछि पूर्वतिर हिँडेर अलि भित्रको सरस्वतीनगरतिर लागे।

सरस्वतीनगर पुग्दा दिउँसोको २ बजेर ४४ मिनेट गएको थियो। त्यसलगत्तै उनी निरु पाण्डेको भाँडापसलमा छिरे। उनी भाँडा किन्ने बहानामा पसलमा छिरेका थिए। त्यहीबेला निरुको पसलमा उनका छोराछोरी घरबाट चिया पुर्‍याउन आए। त्यसपछि बिनोद एटिएमबाट पैसा निकालेर ल्याउने भन्दै पसलबाट बाहिरिए।

केही समयपछि उनै बिनोद फेरि निरुको पसलमा फर्केर पसलभित्र छिरे। यसपटक पसलमा अरु ग्राहक र घरका मानिस कोही पनि थिएनन्।

सिंचाई
Forest
Ad.

पसलभित्र छिर्नसाथ उनको नजर निरुले घाँटीमा लगाएको सुनको सिक्रीमा गयो। लगत्तै उनले निरुकाे घाँटीमा हात लगाए। निरुले प्रतिकार गरिन्। उनले निरुलाई पछाडिबाट हानेर ढाले र नजिकै रहेको तरकारी काट्ने छुरीले प्रहार गर्न थाले।

यो पनि: बडिगाडकी निरा हत्याकाण्ड: बिहान आमाको काख मागिन्, दिउँसो चक्कुले घोचेर मारियो

घोप्टो पारेर शरीरका २० ठाँउमा चक्कु रोपेपछि निरु अचेत भइन्। त्यसपछि बिनोदले निरुको गलाको सिक्री निकाले, घर्रामा जम्मा भएको १२ सय पनि लिए। त्यहीबाट टेम्पो चढेर गोपीकृष्ण हल नजिक पुगेर झरे। त्यहाँबाट इन्ड्राइभको बाइकमा चढेर लोकन्थलीमा रहेको डेरातर्फ लागे।

त्यसको भोलिपल्ट निरुको हत्याको समाचार सबैतिर आयो। उनी त्यो समाचार पढेर लोकन्थलीको कोठामा बसिरहे। तत्काल काठमाडौं बाहिर जाँदा सीमा नाकामा प्रहरीले पक्राउ गर्न सक्ने आशंकामा घटना भएको ६ दिनसम्म पनि त्यही बसे। वैशाख १२ गते बिनोदले निरुको सिक्री तार्केश्वरमा रहेको पाथीभरा सुनचाँदी पसलमा बेचे।

Awareness by SKF

९९ लालको सिक्री ५५ हजारमा बेचेर १० हजारको नयाँ मोबाइल किने। निरुको हत्या गर्न जाँदा उनीसँग मोबाइल थिएन। आर्थिक अभावले उनले भएको मोबाइल बेचेर खर्च चलाएको प्रहरी समक्ष बयान दिएका छन्।

यो पनि: ‘निरा, तिम्रो अभावमा म र छोरी विचलित छौँ’

सुन बेचेर पैसा पाएको साँझ साथीहरुलाई मासु र भात खुवाए। त्यसको भोलिपल्ट १३ गते बिहानै बनेपा हुँदै गृह जिल्ला झापातिर हानिए। बिर्तामोडमा ओर्लेर उनी इलाम बस स्टपमा रहेको एक होटलमा बसे।

यता घटनाको अनुसन्धान गर्न गठित नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआबी) प्रमुख एआइजी किरण बज्राचार्य नेतृत्वको विषेश टोली, उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्लाको टोलीले अनुसन्धान सुक्ष्म ढंगले अघि बढाइरहेको थियो। त्यही क्रममा प्रहरी टोलीले बिनोदलाई वैशाख १६ गते पक्राउ गर्‍यो। उनी वैशाख १७ गतेको बिहानै भारतको बम्बै जाने तयारीमा थिए। उता उनले कामको खोजीसमेत गरिसकेका थिए।

प्रहरीकाअनुसार झापा मेचीनगर-१ का ३५ वर्षिय बिनोद विक विवाहित युवक हुन्। उनकी एक छोरी पनि छिन्। विक यसअघि झापाकै एक क्यासिनोमा बाउन्सरको काम गर्थे। त्यही बेला क्यासिनोमा जुवा खेल्न लत लागेका उनलाई तीन लाख ऋण लाग्यो। ऋण तिर्न सकेनन्, ऋणी घरसम्म पुगे, त्यसपछि घरमा विवाद भयो र घर बस्न नसक्ने अवस्था भएपछि काठमाडौं आएका थिए।

काठमाडौँ आएपछि उनले चाबहिल क्षेत्रकै एक डिस्कोमा बाउन्सरका रुपमा काम गरे। त्यो बेला उनले गोंगबुमा एक कोठा भाडामा लिएर बसेका थिए। पछि कोठा भाडा तिर्न नसकेपछि त्यहाँबाट भागेर साथीकोमा बस्न थाले। त्यसपछि उनले ठमेलको भाइबरेट क्लबमा बाउन्सरका रुपमा काम थाले। निरुको हत्याताका उनी भक्तपुरको लोकन्थलीमा रहेको एक साथीको डेरामा बस्दै आएका थिए।

आर्थिक अभावकै कारण उनलको घरपरिवारसँग सम्बन्ध बिग्रेको र बोलचालसमेत बन्द भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीकाअनुसार विनोदले निरुको हत्या योजनामा नभएर आर्थिक अभावमा गरेको देखिन्छ। प्रहरीले बिनोदले हत्या गर्दा लगाएको सट, जुत्ता र बोकेको झोला बरामद गरेको छ। बिनोद आफैंले निरुकाे हत्या गरेको स्वीकार गरेका छन्।

निरुकाे हत्यामा अहिलेसम्म विनोद कै एकल संग्लनता देखिएको सिआइबी प्रमुख एआइजी बज्राचार्यले बताउँछिन् । आइतबार विकलाई सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एआइजी बज्राचार्यले घटना घटाउँदा बिनोदले लगाएको कपडा पहिचान गर्नेदेखि निरुको सिक्री बेचिएको पसलसम्म प्रहरी पुग्न सफल भएको बताइन्। घटनाको अनुसन्धान जारी रहेकोले अहिले नै सबै कुरा भन्न नसकिने उनको भनाइ छ।

निरुलाई चिन्ने आफन्तका अनुसार उनको श्रीमानसँग पनि खासै राम्रो सम्बन्ध थिएन। त्यसैले पनि निरुको हत्याराको खोजबीनमा माइतीपक्ष नै चासो दिएर लागेको थियो। घरपक्षले त्यति तदारुकता नदेखाएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत बताउँछन्। -@breaknlinks

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो