Clean Water Campaign

Awareness Campaign

तम्घास बजारको सडक पुनः कालोपत्रे गर्ने कार्य सुरु



ओझेलका खबर संवाददाता
२ वर्ष अगाडि


Awareness

Place for ads

अनिल खत्री, गुल्मी: गुल्मी जिल्ला सदरमुकाम तम्घास बजार क्षेत्रको बाटो पुनः कालोपत्रे गर्न थालिएको छ। तम्घास बजारमा क्षेत्रमा रहेको पक्की बाटो भत्कीएसँगै सवारी साधानहरुलाई आवत–जावत गर्न जोखिम बन्नुका साथै बजारको सुन्दरता समेत हराउँदै जान थालेको थियो।

कालोपत्रे सडक बजारका विभिन्न ठाउँमा भत्कीएर जीर्ण बनेपछि पुनःकालोपत्रे गर्न थालिएको हो । बजार क्षेत्रको सडक बिभिन्न समयमा मर्मत गर्ने काम पनि भएकै हो । तर बारम्बार बर्खाको समयमा सडकको अवस्था झनै जीर्ण बन्दै गएको थियो ।

तम्घास बजार क्षेत्रमा करिब २० वर्ष पहिले कालोपत्रे गर्ने कार्य गरिएको थियो । तर कालोपत्रे गरेको वषौं पछि सडकमा खानेपानीका पाइपहरु लगायत बिभिन्न निर्माण कार्यका कारणले सडक जीर्ण बन्दै गएको थियो ।

सिंचाई
Forest
Ad.

अहिले बजारलाई सुन्दर शहर बनाउने उदेश्यले पुनः कालोपत्रे गर्ने कार्य अगाडी बढाइएको हो । तम्घास बजारमा पुन कालोपत्रे गर्ने कार्य तिब्र गतिमा काम भइरहेको रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताउनुभयो ।

बजार क्षेत्रमा सडक जीर्ण हुँदा नागरिकले निकै शास्ती खेप्नु पर्ने अबस्था अब केहि दिनमै अत्य हुने पन्थीले बताउनुभयो । यहि गतिमा काम भए अबको २ साताभित्र काम सम्पन्न हुने नगरप्रमुख पन्थीको भनाई छ ।

यसैगरी बजार क्षेत्रमा अव्यवस्थित रुपमा रहेका विद्युत, टेलिकम र इन्टरनेटका तारलाई पनि हटाउन थालिएको छ । बजारक्षेत्रका होचा र काठका पोल हटाएर अग्ला पोलमा अव्यवस्थित तारलाई व्यवस्थित बनाउने कार्य पनि अगाडी बढेको छ ।

बजार क्षेत्रमा जीर्ण सडक, अव्यवस्थित तार र सडक चौडा बनाउने उदेश्यले घरका पेटी हटाउने कार्यले सुन्दर तम्घास बजार बनाउने अठोट नगरपालिकाले लिएको छ । नेपाल टेलिभिजन

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया