Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोट नगरपालिकाका कृषकलाई गोला सहित माहुरीको घार उपहार



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकामा माहुरीपालक कृषकलाई उपहारस्वरुप मौरीका गोलासहित घार उपलब्ध गराइएको छ। सालिमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत मौरी पकेट समूहले ५१ कृषकलाई एक सय दुई थान माहुरीका गोलासहित घार उपलब्ध गराएको हो।

गत तीन वर्षअघि कृषि ज्ञानकेन्द्रकोे सहयोगमा ‘सालिमे मौरी स्मार्ट कृषि गाउँ’ कार्यक्रम लागू भएसँगै त्यहाँका कृषकले व्यावसायिकरुपमा मौरीपालनमा गर्न सुरु गरेका थिए । वडानं ८ र ९ मा मौरी स्मार्ट कार्यक्रम लागू भएको थियो । त्यहाँका ५१ कृषक समूहमा आबद्ध भएर व्यावसायिकरुपमा आधुनिक तरिकाबाट मौरीपालनमा जुटेका हुन् ।

समूहका एक कृषकको घारमा न्यूनतम छ घार मौरी अनिवार्य रुपमा हुनुपर्दछ । छ घार मौरी नभएको व्यक्ति समूहमा आबद्ध हुन पाउँदैन । वरिपरि घना जङ्गलका बीचमा अग्लो र रापिलो ठाउँ भएका कारण पनि मालारानी माहुरी चरन क्षेत्रका लागि पनि निकै उपयुक्त मानिन्छ । त्यस क्षेत्रका मौरीपालक कृषकहरुलाई व्यावसायिक बनाउँदै उनीहरुको जीवनस्तर माथि उठाउने उद्देश्यले मुसिकोटमा उक्त कार्यक्रम लागू गरिएको उक्त केन्द्रका प्रमुख नवराज भण्डारीले बताउनुभयो ।

सिंचाई
Forest
Ad.

सो कार्यक्रममार्फत मौरी पकेट समूहमा आबद्ध सदस्यका घरधुरीमा अहिलेसम्म छ सय ५० खाली र तीन सय गोलासहित मौरीका घारहरु कृषहरुलाई निःशुल्क उपलब्ध गराई सकिएको छ । अन्य व्यवसायभन्दा मौरीपालन व्यवसायबाट चाँडै आम्दानी गर्न सकिने र बजारमा महको माग पनि प्रशस्त हुने भएका कारण पछिल्लो समयमा त्यस क्षेत्रका अन्य कृषक पनि मौरी पालनतर्फ आकर्षित हुँदै गएको मौरी पकेट समूहका अध्यक्ष चुमा घर्तिमगरले बताउनुभयो ।

उक्त कार्यक्रमअन्तर्गत मौरी पकेट समूहले पहिलो वर्षलाई आधार वर्ष, दोस्रो वर्षलाई मौरी वृद्धि वर्ष, तेस्रो वषलार्ई मह वर्ष र चौथो वर्ष मौरी निर्यात वर्ष मनाउने गरी काम गर्दै आइएको छ । उक्त समूह यो वर्षलाई मह वर्ष भनेर मह उत्पादनमा केन्द्रित छ । मालारानीको मह विषादीरहित, विभिन्न वनस्पतिजन्य फूलहरुको रसबाट उत्पादित र प्राङ्गारिक भएका कारण पनि बजारमा यहाँको महको माग धेरै हुने गर्दछ।

उक्त गाउँमा अहिले छ सयभन्दा बढी मौरीका गोलासहित घारहरु छन् । यहाँको मह प्रतिकिलो रु एक हजार पाँच सयमा बिक्री हुँदै आएको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया