Smoking Causes Cancer

समाज सुधारको नयाँ अभियान: मदानेमा अगुवा नगारिकलाई सम्मान



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

अनिल खत्री, गुल्मी: गुल्मीको मदाने गाउँपालिका-१, अग्लुङ्गले आज एक कार्यक्रमका बिच बुहारी सम्मान, SEE र कक्षा ८ मा उत्कृष्ट स्थान ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ। पछिल्लो समयमा जेष्ठ नागरिक सेवा सुसार गर्ने क्रम घटिरहेको र जेष्ठ नागरिकहरु सेवा स्याहारसुसार गर्ने बुहारीलाई सम्मान गरिएको वडा अध्यक्ष सुशील चंदले बताए ।

सम्मानले बुहारीहरुलाई प्रोत्साहन मिल्ने र ज्येष्ठ नागरिकले सेवा पाउने हुँदा उक्त कार्यक्रम गरिएको वडा अध्यक्ष चंदले बताए ।

सबैलाई एकैचोटी गर्न वडाले नसके पनि यसपटक साविकका ९ वटा वडाबाट १/ १ जना बुहारीलाई सम्मानपत्र ,दाेसल्ला ,टीका र मालाले सम्मान गरिएको वडाले जनाएको छ।

सिंचाई
Forest
Ad.

साथै कार्यक्रममा शैक्षिकसत्र २०७९ मा SEE मा अग्लुङ्गमा सबैभन्दा धेरै अङ्क ल्याउने बिधार्थि अनमाेल चन्दलाई नगद रु १०,००० र कक्षा ८ मा सबैभन्दा धेरै अंङ्क ल्याउने गंगा बाेहाेरालाई नगद पाँच हजार सहित सम्मानपत्र र दाेसल्लाले सम्मान गरिएको छ ।

सोहि कार्यक्रममै उत्कृष्ट किसान ,समाजसेबि ब्यक्ति ,कर्मचारी, शिक्षक ,अनुसाशित विद्यार्थी , खेलाडी, सामाजिक सघ सस्था लाई सम्मान गरिएको छ ।

अग्लुङ्गको हरेक क्षेत्र , विकास निर्माणलाई समय सङ्गै बदल्ने योजना रहेको र आउदो दिनमा अझै यस्ता प्रभावकारी काम गर्ने वडा अध्यक्ष सुशील चन्दले बताए ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया