Salime Malika Krishi Farm

Awareness Campaign

के रेसुङ्गाका मेयरले खोलामाथिका घरमा चलाउलान डोजर?



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

प्रेम सुनार, गुल्मी: वर्षौ अघिदेखि गुल्मी सदरमुकाम तम्घास बजारको सडकमै पसल थापेर बस्नेहरु रेसुङ्गा नगरपालिका मेयर खिलध्वज पन्थीसँग चिडीएका छन् । कारण हो सार्वजनिक जमिन मिचेर बनाइएका ती संरचनामा डोजर चलाउनु।

अब घरतिर पनि डोजर चलाउने हुनकी भन्ने त्रासमा छ्न्। मुख्य सडक छेउमा घर बनाउने, सडकलाई आँगन र दलान बनाएर वर्षौदेखि पसलका सामग्री राखेर सवारी साधन आवत जावतमा समस्या सिर्जना गरिँदै आएकोमा मेयर पन्थीले डोजर चलाएका छन् । हिम्मत गरेर सडक फराकिलो पार्ने काम सुरुकोप्रति अधिकांस ले ‘ठिक गरे’ भन्न सुरु गरेपछि विरोधी स्वरहरु मत्थरिँदै गएका छ्न् ।

तम्घासमा सडक छेउका मात्र होइन खोला छेउछाउको सार्वजनिक जमिन मिचेर घर टहरा बनेका छ्न् । अहिले सडकबाट अतिक्रमण विरुद्ध निर्मम बनेका पन्थीले अब खोला र अन्य सार्वजनिक जमिनतर्फ पनि डोजर चलाउने कुरामा यहाँका बासिन्दा आशावादी हुन थालेका छ्न । झन्डै चार करोड लागतमा तम्घास बजारका मुख्य सडक पुन कालोपत्रे हुँदैछ । त्यसघि पन्थीले सडकका पुराना पोल तार हटाए। टेलिकम र अन्य फाइबर  जथाभावी टागेका तारहरु हटाएर नयाँ पोल र तार टगाए। लगत्तै सडक फराकिलो बनाएर केही दिनयता बाघमारे तर्फबाट कालोपत्रे गर्ने कार्य सुरु भएको छ।

सिंचाई
Forest
Ad.

सुरुमा नेकपा एमालेले जथाभावी जनताको घरपेटी मनपरी ढङ्ग्ले भत्काएको भन्दै बिरोध जनाएको थियो। केही मानिस अहिले पनि विरोधमा छ्न् । तर पछिल्लो चरण विरोधी स्वर कम र जे गरे ठिक गरे भन्ने स्वर बढी सुनिन थालिएको छ । एमालेबाटै वडाध्यक्ष जितेका वडा-१ का रामप्रसाद पन्थी, वडा-८ का निरन्जन काउछा समेत चौबिसै घन्टा नगरपालिकाको अभियानमा खटेको देखिन्छ । जुन कुनै दलबाट जितेका जनप्रतिनिधिहरु एकतन एकमन भएर लाग्नु सवल पक्ष देखिएको छ ।

स्थानीय तहको गत निर्वाचनमा मेयर पदका उमेदवार राजेन्द्र प्रसद पाण्डे भने सुरुदेखिनै नगरपालिकाले मापदण्ड विपरित घरका पेटी भत्काइएको भन्दै बिरोध जनाउँदै आएका छ्न् । त्यसो त बुधबार अपरान्हदेखि साझ अबेरसम्म गुल्मीको सदरमुकाम तम्घासको मुख्य सडकपेटी भत्काउन सुरुगर्दा पनि पसलेहरुले विरोध जनाए।

शहिदचोक नजिकका दुई पसलेहरु पसल अगाडि छाना र पेटी भत्काउन जबर्जस्ति डोजर चलाएको भन्दै आक्रोसित थिए । उनिहरु आक्रोषित मात्रै भएनन् डोजरको बकेट मै आएर बसे। उनिहरुको आक्रोश थियो, हामीलाई आफै भत्काउने मौका नै नदिइ दादारी शैलिमा पसलको सटरनै भत्काउने गरि डोजर चलाइयो । केही बेर तम्घासको शहिदचोक तनावग्रस्त बन्यो।

कोहि भन्दै थिए तम्घासमा बालेनको डोजर चल्यो, जहाँ खिलध्वज पन्थीको डोनर चलेको थियो । जसरी बालेनले टुकुचा खोलामा डोजर चलाए त्यसरीनै तम्घासको टुकुचामा डोजर चलाउने हिम्मत गरे बालेनले जस्तै स्याबासी खिलध्वज पन्थीले पाउने पक्का छ । अहिले सडक पेटी भत्काउने जुन हिम्मत उनले गरे अब अतिक्रमित जमिनमा बनाइएका घर टहरामा पनि डोजर चलाउनै पर्ने उनमा चुनौती थपिएको छ ।

Awareness by SKF

वर्षौ अघिदेखखि गुल्मीको सदरमुकाम तम्घासका खोला तथा सार्वजनिक जमिनमा ठूला-ठूला घर ठडाइएको छ । कसैले खोलामा आगन र दलान बनाएका छ्न्। २०६५ सालमा तत्कालीन माओबादी नेता गिरिराज पाण्डे नगर विकास  समिति अध्यक्ष छ्दा नाप-नक्सा गरी प्रतिवेदन तयार पारेर सााविकको तम्घास गााविसमा बुझाएका थिए । तर त्यो अहिले गायब पारिएको पाण्डेको गुनासो छ।

‘सडक फराकिलो पार्ने क्रममा थुप्रै चुनौती आए’-मेयर पन्थी भन्छ्न, ‘हामी जस्तोसुकै चुनौतीको सामना गर्दै तम्घा बजार शौन्दर्यकरण गर्ने अभियानमा खटेका छौ ।’ उनले कसैसँग पनि आग्रह-पूर्वग्रह नसाधी सार्वजनिक जमिन सुदृढीकरणमा नियम अनुसार अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

मिडियामा प्रचारबाजी गर्ने मलाई रहर छैन, उनले थपे “मैले काम गरेर देखाउन चाहन्छु । रेसुङा विमान स्थानमा जहाज चढ्ने सपना पूरा गरेका छौ । तम्घास अस्पतालमा विशेषज्ञ डाक्टर ल्यायौं । दीर्घरोगी लगायत डायलसिस मेशिन ल्याइ नि:शुल्क डायलसिस सेवा उपलब्ध गराउने कार्य पनि अब छिट्टै सुरु गर्दैछौ ।’ उनले भनेका छन् ‘बिशेषत: तम्घास बजार शौन्दर्यकरण गर्नमा सबै पक्षको सहयोगका लागि म अपिल गर्दछु । पछिल्लो चरण सदरमुकामका सडकहरु सफा देखिन थालेको छ ।’

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया