Salime Malika Krishi Farm

Awareness Campaign

समाजसेवी लिल बहादुर थापाद्वारा गृह जिल्लाका विभिन्न ठाउँमा सहयोग



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: देशका विभिन्न ठाउँमा रहेका असहाय, अशक्त र विपन्न नागरिकलाई व्यक्तिगत रुपमा थुप्रै सहयोग गर्दै आउनुभएका समाजसेवी लिल बहादुर थापाले गृह जिल्लाका विभिन्न ठाउँमा सहयोग गर्नुभएको छ।

बाँकेको खजुरा गाउँपालिका वडा नं ४ डि गाउँ स्थायी घर भई हाल अमेरीकामा रहनुहुने समाजसेवी थापाले प्यारालाईसिस रोगबाट ग्रसित डिगाउँकै एक असहाय र सोही ठाउँकै एक व्यक्तिको घर निर्माणका लागि जस्तापाता सहयोग गर्नुभएको हो ।

प्यारालाईसिस रोगबाट ग्रसित भई विगत ६ महिनादेखि विस्तारामा थलिएका जगदिस परियारको उपचारका लागि ३० हजार रुपैँया र विष्णु गुरुङको परिवारलाई घर निर्माणकालागि जस्तापाता किन्न ५० हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

सिंचाई
Forest
Ad.

उक्त सहयोग थापाको तर्फबाट दिदि देउमति थापा र भान्जा दान बहादुर गुरुङले पिडितको परिवारमै पुगेर हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम हस्तान्तरण गर्दै भान्जा गुरुङले आफुले पीडितहरुको अवस्थाको बारेमा लिल बहादुर थापालाई जानकारी गराएपश्चात अमेरीकाबाट सहयोग पठाउनुभएको र त्यो सहयोग रकम वितरण गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

सहयोग रकम ग्रहण गर्दै दुवै परिवारले सहयोगी थापा प्रति धन्यवाद व्यक्त गरेका थिए । उनीहरुले समाजसेवी थापाले देशका विभिन्न ठाउँमा सहयोग गरेको आफुहरुले थाहा पाएको भन्दै आज आफैलाई सहयोग गरेको प्रति आभार व्यक्त गरेका थिए ।

समाजसेवी लिल बहादुर थापाले आफ्नै गाउँका विपन्न अवस्थामा रहेका नागरिकहरुको बारेमा थाहा पाएर सहयोग गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो । जिटिभि नेपालसगं कुराकानी गर्दै उहाँले यस्तो सहयोग निरन्तर गर्ने बताउनुभयो ।

लामो समयदेखि अमेरीकामा कार्यरत थापाले शनिवार मात्रै गुल्मीको मुसिकोट नगरपालिकामा सहाराविहिन महले जिसीलाई व्यक्तिगत खर्चमा घर निर्माण गरि हस्तान्तरण गर्नुभएको थियो । यसबाहेक उहाँले अहिलेसम्म एकल खर्चमा ४ जना परिवारलाई घर निर्माण गरिदिई हस्तान्तरण गर्नुभएको थियो । आफ्नो गृह पालिका खजुराकै लिलावती खत्रीलाई समेत उहाँले घर निर्माण गरिदिनुभएको थियो।

Awareness by SKF

त्यस्तै बागलुङको बडिगाड गाउँपालिका वडा नं ५ मा ओडारमा बस्ने जुना दमाईको परिवारलाई घर निर्माण गरि आफु नेपाल आएको समयमा हस्तान्तरण गर्नुभएको थियो । गुल्मीको रेसुगां नगरपालिका पराल्मीका एक परिवारलाई पनि उहाँले सहयोग गर्नुभएको थियो ।

१८ घण्टासम्म काम गर्ने उहाँले आफुले कमाएको सम्पूर्ण पैसा दिनदुखीलाई सहयोग गर्दै आउनुभएको छ । उहाँले नेपालका विभिन्न जिल्लामा रहेका गरिब, असहाय र विपन्न एवम् आर्थिक अभावमा उपचार नपाएकाहरुलाई थुप्रै सहयोग गर्नुभएको छ । जिटिभि नेपालबाट प्रशारण हुने कार्यक्रम सघंर्षका कथा मार्फत उहाँले हजारौँ परिवारलाई सहयोग गरिरहनुभएको छ ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया