Salime Malika Krishi Farm

Awareness Campaign

वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै इस्मा गाउँपालिका



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

अनिष पन्थी, गुल्मी: गत बर्ष बैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भयो त्यसपछि नया जनप्रतिनिधिहरु जनताले चुनेर पठाएको एक बर्ष बितेको छ।

आफुहरुले कार्यभार समालेको एक बर्ष बितेसङ्गै गुल्मीको इस्मा गाउँपालिकाले पत्रकार सम्मेलन गरि एक बर्ष भित्र गरेका काम सार्वजनिक गरेको छ।

गाउँपालिका उपाध्यक्ष एवं प्रवक्ता पार्वती कुँवरले आफुहरुले पालिकाको नेतृत्व गरेपछि इस्माली जनताले बिकासको महसुस गर्न पाएको र तीन वटा ऎन ,एक नियमावली ,एक निर्देशिका र १२ वटा कार्यबिधी निर्माण गरेको बताइन।

सिंचाई
Forest
Ad.

आफुहरु निर्वाचित भएपछि नागरिक सहायता कक्षको स्थापना,सामाजिक सुरक्षा भत्ता टोलटोलमा ,एकीकृत घुम्ती सिविर सन्चालन, क बर्गका अपाङ्गलाइ घरमै पुगेर परिचय पत्र वितरण, एकल पुरुष भत्ताको सुरुवात गरिएको जानकारी दिइन।

यस्तै निशुल्क आखा अप्रेसन कार्यक्रम ,पालिका स्तरीय मुटु सिविर सन्चालन ,सामुदायिक स्वास्थय सिविर,निशुल्क अर्ट्रासाउन्ड सेवाको सन्चालन गरेको कुँवरले पत्रकार सम्मेलन मार्फत जानकारी दिइन।

यस्तै शिक्षामा माध्यमिक तह ११/१२ मा निशुल्क शिक्षाको व्यवस्था ,स्थानीय पाठयक्रम निर्माणको अन्तिम चरणमा पुगेको जानकारी दिइन।

कृषिमा अनुदान निशुल्क माटो परिक्षण प्रयोगशाला निर्माण ,खेलकुदमा प्रोत्साहन गर्न पालिकामा अध्यक्षको कपको सन्चालन ,राष्पति रनिङ्ग सिल्डमा उत्कृष्ट हुनेलाइ पालिकाको तर्फबाट सम्मान, अध्यक्ष कप छात्रवृत्ति ,जिल्ला भित्रकै क्याम्पसमा उच्चशिक्षा अध्यान गर्ने विद्यार्थीलाई छात्रवृत्ति ,उत्कृष्ट २० खेलाडिलाइ सम्मान ,वडा तहमै इलेक्ट्रिसियन र प्लाम्बर समेत राखिएको बताइन । गरेको जानकारी दिइन ।खानेपानी एवं सरसफाइ बिपद व्यवस्थापन लगायतमा पनि काम भएको जानकारी दिइन।

Awareness by SKF

पत्रकार सम्मेलनमा गाउपालिका अध्यक्ष भगत सिंह खडका,प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी ,विभिन्न वडाका वडाध्यक्ष एवं कार्यपालिकासदस्य कर्मचारी एवं पत्रकारको उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया