Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको मुसिकोट नगरपालिकाले पालिकाबाटै श्रम स्वीकृति दिन थाल्यो



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाले वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई श्रम स्वीकृति दिन थालेको छ। नगरपालिकाले रोजगार शाखामार्फत श्रम स्वीकृति दिन थालेको हो।

वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिले स्थानीय तहबाटै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति सेवा पाएपछि दङ्ग छन् । यसअघि श्रम स्वीकृति लिन वैदेशिक रोजगार विभाग वा प्रदेशस्थित श्रम कार्यालय जानुपर्ने बाध्यता थियो।

गाउँबाटै श्रम स्वीकृति दिन पाउँदा आफुहरु पनि खुसी भएको मुसिकोट नगरपालिका रोजगार सयोंजक डिलाराम पाण्डेले बताउनुभयो। वैशाखको पहिलो सातादेखि नै सेवा सुरु भएपनि कार्यालयमा अहिले मात्रै सेवाग्राही आएको भएकाले शनिवारबाट श्रम स्वीकृत दिईएको उहाँको भनाई छ।

सिंचाई
Forest
Ad.

मुसिकोट-७ का ओम बहादुर कुमालले दुबई रोजगारीका लागि जान पुनः श्रम स्वीकृति लिनुभएको मुसिकोट नगरप्रमुखका स्वकीय सचिव सुरज भट्टराईले जानकारी दिनुभयो । श्रम स्वीकृतिका लागि अनलाइन प्रणालीको सुरुवात भएसँगै वैशाख १ गतेदेखि यो सेवा स्थानीय तहले नै दिन पाउने व्यवस्था गरिएको थियो।

अलिकति लामो प्रोसेस भएकाले पुन : श्रमस्वीकृतीका लागि कम्तिमा ३ दिनको समय राखेर आउन रोजगार सयोंजक पाण्डेले आग्रह गर्नुभयो । त्यस्तै नयाँका लागि भने बायोमेट्रिक गरेर आउन उहाँको आग्रह छ । स्थानीय तहलाई पूर्ण अधिकार नदिएका कारण अलिकति झण्झट भएको भन्दै सहजीकरणको काम मात्रै दिँदा केही समस्या हुने गरेको उहाँले गुनासो गर्नुभयो।

श्रम स्वीकृति लिने व्यक्तिले राहदानी, एकप्रति पासपोर्ट साइजको फोटो, पारिवारिक विवरण, बैंक खाता, व्यक्तिगत इमेल, सम्पर्क नं, रोजगारदाताले दिएको सम्झौतापत्र, राहदानीको प्रतिलिपिसहित नगरपालिकाको रोजगार सेवा केन्द्रमा निःशुल्क अनलाइन आवेदन दिन सकिने व्यवस्था रहेको छ।

श्रम स्वीकृतिसम्बन्धी अन्य जानकारी स्थानीय तहको रोजगार सेवा केन्द्रमार्फत पनि बुझ्न सकिने नगरपालिकाले जनाएको छ । यसअघि श्रम स्वीकृति लिन काठमाडौँ जानुपर्ने बाध्यता रहे तापनि अहिले आफ्नै पालिकाबाट सेवा पाइएकाले सहज भएको स्थानीयको प्रतिक्रिया छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया