Salime Malika Krishi Farm

Awareness Campaign

ढोरपाटनका देवकुमार नेपाली ३ दिनदेखि सम्पर्क विहिन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: स्थानीयको करोडौं रकम हिनामिनाको आरोप लागेका ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली सम्पर्कविहीन भएका छन्।

शुक्रबारदेखि नै नेपाली सम्पर्कमा नआएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले बताए । उनी करोडौं रकम हिनामिना गरेर भागेको हुनसक्ने आशंकामा प्रशासनले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य नाकामा निगरानी बढाउन आग्रह गरेको छ ।

नेपाली अध्यक्ष रहेको इमेज बचत तथा ऋण सहकारी संस्थामा तरलता नभएको भन्दै वैशाख ९ गते सूचना टाँसेर बन्द गरिएको थियो । सयौं मानिस उनको कार्यालयमा दैनिक भुक्तानी माग्न जाने गरेका थिए ।

सिंचाई
Forest
Ad.

नेपाली आफैंले ७० करोडभन्दा बढी रकम भुक्तानी गर्न बाँकी रहेको बताएका थिए । प्रशासनका अधिकारीले भने उनले एक अर्बभन्दा बढी रकम हिनामिना पारेको आशंका गरेका छन् । आफ्नो जायजेथा बेचेर भए पनि तिर्ने प्रतिबद्धता व्यक्त गरेका नेपालीको परिवार नै सम्पर्क विहीन भएको स्थानीयहरूले बताएका छन् ।

जिल्लाका सहकारी सम्बद्ध पदाधिकारीले पहल गरेपछि नेपालीले घर बेचेर भए पनि बचत फिर्ता गर्ने बताएका थिए । एक महिनादेखि उक्त सहकरीका बचतकर्ताले बढीमा ५ हजार मात्रै फिर्ता पाएका थिए । उक्त सहकारीले १८ प्रतिशत व्याज दिने भनेपछि सयौं गैरशेयर सदस्यले करोडौं बचत गरेका थिए ।

केही दिनदेखि भने नेपालीले प्रहरीलाई खबर गरेर मानसिक तनाब बढेकाले उपचारका लागि विदेश जाने तयारी गरेको जानकारी दिएका थिए । त्यसपछि उनले मोबाइल बन्द गरेर हिँडेकोले प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले खोजीका लागि गृहमन्त्रालयमा समेत पत्राचार गरेको बताइन् । जेठ १ गते बागलुङ आएका नेपाली बुर्तिवाङ फर्केपछि सम्पर्कमा नरहेको बताइएको छ । नेपालीका चालकसमेत सम्पर्कमा नभएकोले सपरिवार भागेको हुनसक्ने स्थानीयले समेत आशंका गरेका छन् ।

ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले आफ्नो कार्यकक्षमा कार्यवाहक दिएको पत्र प्राप्त भएको बताए । ‘मलाई उहाँले केही पनि भन्नुभएन, अचानक पत्र आयो,’ कायतले भने, ‘कार्यालयमै हुँदा पनि महिना दिनदेखि भेटघाट भएको थिएन ।’

Awareness by SKF

गत साता कायतले तीन वर्षअघिको हिसाब सार्वजनिक गर्न विज्ञप्ति मार्फत नगरप्रमुखलाई आग्रह गरेका थिए । २०७७ भदौ १७ गते गएको पहिरोले ढोरपाटनमा १ सय २६ घर बगाएको थियो । घटनामा २२ को मृत्यु र १५ जना बेपत्ता भएका थिए । उक्त घटनापछि देश विदेशबाट नगद र जिन्सी सहयोग आएकोमा झण्डै ३ करोड नगदको हिसाब सार्वजनिक नभएपछि उपप्रमुखले प्रमुखलाई हिसाब सार्वजनिक गर्न माग गरेका थिए। -प्रकाश बराल/कान्तिपुर

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया