Salime Malika Krishi Farm

Awareness Campaign

‘निरा, तिम्रो अभावमा म र छोरी विचलित छौँ’



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: बागलुङको बडिगाड घर भई काठमाण्डौको सरस्वती नगरमा भाँडा पसल सञ्चालन गरी बस्ने निरा आचार्यको आफ्नै पसलमा वैशाख ७ गते बीभत्स हत्या भयो। श्रीमतीलाई अल्पायूमै गुमाउनुपर्दाको पीडाले श्रीमान योगेश आचार्यलाई अझै पनि झस्काईरहेको छ।

भाँडा पसलमा ग्राहकको भेषमा आएका एक व्यक्तिले लुटपाटकै लागि निराको हत्या गरेको प्रहरी अनुसन्धानबाट देखिएको छ । प्रहरीले घटना गराउने एक मात्र अभियुक्तका रूपमा विनोद विकलाई पक्राउ गरी गत १७ वैशाखमा सार्वजनिक गरेको थियो । विकले अपराध कबुल गरिसकेका छन् ।

अपराधी पक्राउपछि घटना भएको १२ औँ दिनमा गत वैशाख १९ गते निराको पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । अन्त्येष्टि पश्चात् पुर्ख्यौली घर बागलुङमा उनको १३ दिनको क्रिया गरिएको छ । निराको छोरा नभएकाले देवरले क्रिया गरेका हुन्।

सिंचाई
Forest
Ad.

सम्बन्धित खबर: बडिगाडकी निरा हत्याकाण्ड: बिहान आमाको काख मागिन्, दिउँसो चक्कुले घोचेर मारियो

१३ दिनको क्रिया सकिएसँगै निराका श्रीमान् योगेन्द्र आचार्य (योगेश) ले पहिलो पटक घटनाका विषयमा सार्वजनिक रूपमा आफ्नो भावना पोखेका छन् ।

उनले लेखेका छन्, ‘निरा, तिमीलाई गुमाउनुपर्दाको पीडा असह्य छ, तिम्रो अभावमा म र छोरी दुवैजना विचलित भएका छौँ । त्यसमाथि त्यति बीभत्सपूणर् हत्याको पीडा धान्न पनि मुस्किल भएको छ । म हाम्री छोरीको खुशी र भविष्यप्रतिको चिन्ताले छटपटिएको छु । तर यी सबै पीडालाई मनभित्रै दबाउन म बाध्य छु । किनकि मैले हाम्री १० वर्षकी छोरीलाई सम्हाल्नु छ । एउटा सन्तानको जीवनमा आमाको अभाव अपूरणीय हुन्छ । तर म हरपल कोसिस गर्नेछु, हाम्री छोरीलाई बाबाको माया र आमाको वात्सल्यको कमी हुन दिने छैन । यसका लागि मैले आफूलाई सम्हाल्नै पर्छ । किनकि म आफैँ विचलित भएँ भने छोरीलाई भरोसा कसले दिन्छ ?’

आचार्यले नेपाल सरकारको चासो र प्रहरीको अग्रसरताले हत्यारा पत्ता लागेको बताएका छन् । तर, यो घटनामा अरू व्यक्ति पनि संलग्न हुन सक्ने उनको आशंका छ ।

Awareness by SKF

हत्याको प्रकृति हेर्दा एकै व्यक्तिले गरेको नहुन सक्ने भएकाले थप शंकित व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन उनले नेपाल प्रहरीलाई आग्रह गरेका छन् ।

‘अनुसन्धानका लागि आवश्यकता अनुसारको सहयोगका मैले प्रारम्भिक चरणमा जसरी नेपाल प्रहरीलाई गरेको थिएँ, त्यसरी नै यो घटनाको किनारा नलागेसम्म म पूणर्रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । दोषीलाई हदैसम्मको सजाय नभएसम्म मेरी श्रीमती निराको आत्माले शान्ति पाउने छैन र म, हाम्री छोरी र मेरो परिवारलाई न्यायको अनुभूति हुने छैन । तसर्थ दोषीलाई हदैसम्मको सजायको माग गर्दछु,’ उनले भनेका छन् ।

घटनामा निराको माइत पक्षले सुरुमा श्रीमानमाथि समेत शंका गरेका थिए । प्रहरीले पनि योगेन्द्रमाथि धेरै अनुसन्धान गर्‍यो । तर, श्रीमान् र श्रीमतीबीच सम्बन्धमा दरार आएको कुनै प्रमाण भेटिएन । माइती पक्षबाट भने अहिलेसम्म पनि योगेन्द्रलाई भेट्न आएका छैनन् ।

निराको मृत्यु हुँदा श्रीमान् योगेन्द्र करिब ३-४ मिनेटको दूरीमा थिए । सरस्वती नगरमा यो जोडीले दुईवटा पसल गर्दै आएको थियो । निराले भाँडाकुँडा पसल हेर्थिन् भने योगेन्द्रले अलिकति पर रहेको इलेक्ट्रिक पसल चलाउँथे । एक ग्राहक निराको पसलमा आउँदा रगत बगेको देखेपछि हल्लाखल्ला गरेका थिए ।

त्यसपछि निराका श्रीमानलाई खबर गरिएको थियो । योगेन्द्र पसलमा आउँदा निराको प्राणपखेरु उडिसकेको थियो ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया