Smoking Causes Cancer

स्कुले नानीबाबुहरुको चकित पार्ने भाषण कला



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

प्रेम सुनार, गुल्मी: नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाले केही दिनअघि गुल्मीका १२ वटै पालिका सहभागी हुनेगरी मावि स्तरीय बक्त्तृत्वकला प्रतियोगिता सम्पन्न गर्यो। १२ वटा पालिका रहेको गुल्मीका ११ वटा पालिकाबाट विद्यार्थी भाइवहिनीहरु शुक्रबार जिल्लाको सदरमुकाम तम्घासमा वक्तृत्व कलाका लागि सहभागी भएका थिए। विभिन्न विद्यालयका शिक्षक, प्राध्यापक तथा शैक्षिक क्षेत्रका दिग्गज व्यक्तिहरुले भाइबहिनीहरुको प्रस्तुती देखेपछि भने ‘अब बोल्ने कुरामा हाम्रा दिन सकिएछ्न्।’

रेसुङ्गा नगरपालिकाबाट उत्कृष्ट भएकी थिइन महेन्द्र नमुना माविकी छात्रा करिष्मा विश्वकर्मा । त्यस्तै इस्मा गाउँपालिकाबाट ठाडुङ्गा माविका आयुष सापकोटा, मालिकाबाट देविस्थान मावि ह्वाङ्ग्दिका पवन रेग्मी, मदानेबाट रघुफेदी मावि अग्लुङ्ग्की सुजाता चन्द, मुसिकोटबाट त्रिभुवन मावि भुवाचिदिका हिम्मत शर्मा, गुल्मीदरबारबाट शारदा माविका प्रतिक कंडेल, रुरुक्षेत्रबाट राष्ट्रिय मावि थोर्गाकी अनिषा ज्ञवाली, सत्यवतीबाट सत्यवती माविकी अंशु बराल, छत्रकोटबाट प्रतिक्षा न्यौपाने , चन्द्रकोटबाट शारदा मावि सारङकी रितिका गौतम, धुर्कोटबाट वाग्ला माविकी संचिता भण्डारी । उनीहरु पालिका स्तरीय प्रतियोगितामा उत्कृष्ट भएका थिए । परोपकारको शक्तिमा विश्वास विषयको जिल्ला स्तरिय वक्त्तृत्वकला प्रतियोगिता टिनएजरदेखि १२ वर्षसम्मकी तिनै उत्कृष्ट भाइबहिनिहरुको धमाकेदार प्रस्तुतीले कार्यक्रममा उपस्थित शैक्षिक व्यक्तित्वहरु छक्क परे।

उनिहरुको प्रस्तुतिपछि मुल्यांकन समिति संयोजक दिन पन्थीले नतिजा सुनाउँदा दर्षक श्रोताले अनुमान गरेकै पात्रहरु घोषणा भए। जिल्लाभरबाट प्रथम भएकी चन्द्रकोट गाउँपालिका स्थित शारदा मावि सारङ्गकी १२ वर्षिया बालिका रितिका गौतम, दोश्रो मालिकास्थित देविस्थान माविका पवन रेग्मी र तेश्रो भएकी सत्यवती स्थित सत्यवती मावि हसराकी अंशु बराललाई कार्यक्रमका प्रमुख अतिथी प्रदेश सांसद दिनेश पन्थीले अबिर टिका लगाइ बधाइ दिए।

सिंचाई
Forest
Ad.

सांसद पन्थीले निकै महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिए । स्वर्ण महोत्सवको अवसर पारेर पालिकादेखि जिल्ला स्तरीय प्रतियोगिता राखिएको आयोजक संंस्थाका सभापती राजेन्द्र प्रसाद श्रेष्ठ बताउँदै थिए।

उनिहरुलाई शनिबार सम्मान गरिने सो संस्थाका शाखा अधिकृत कृष्ण प्रसाद खनालले जानकारी दिए। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समितीका पूर्व महामन्त्री पिताम्बर अर्याल लगायतको आतिथ्यता थियो। सभापति राजेन्द्र प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सो सस्थाका मन्त्री लालबहादुर कुंवरको संचालन रहेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया