Salime Malika Krishi Farm

Awareness Campaign

मुसिकोट युवा क्लबको आयोजनामा भोलि मुसिकोटमा बृहत रक्तदान कार्यक्रम संचालन हुँदै



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

भुवन काफ्ले, मुसिकोट: मुसिकोट युवा क्लवको आयोजनामा मुसिकोटमा बृहत रक्तदान कार्यक्रम संचालन हुने भएको छ।

रगत र रक्ततत्वको अभाव हुन नदिने उद्देश्यले मुसिकोट युवा क्लव, मुसिकोट, गुल्मीको आयोजना र नेपाल स्वयंसेवी रक्तदाता समाजको सहकार्यमा आगामी शनिबार अर्थात जेठ ६ गते बृहत रक्तदान कार्यक्रम संचालन गर्न लागेको क्लवले बताएको छ।

क्लबले दिएको जानकारी अनुसार रक्तदान कार्यक्रम मुसिकोट नगरपालिका वडा नं ७ वामीमा रहेको रुद्रावती बहुमुखी क्याम्पसमा शनिबार बिहान ९ बजे देखि सुरु हुनेछ। उक्त रक्तदान कार्यक्रममा १८ बर्ष पुगेका स्वस्थ ब्यक्ती सहभागि हुन सकिने छ।

सिंचाई
Forest
Ad.

क्लवका अनुसार रक्तदान कार्यक्रममा रक्तदान गर्ने व्यक्तिलाई भोलिका दिनमा रगत आवश्यक परेमा क्लवले सहजिकरण गर्ने गरी नेपाल स्वयंदेवी रक्तदाता समाज सङ्ग सम्झौता भएको बताईएको छ।

केहि समय अगाडि मुसिकोटमा औपचारिक रुपमा गठन भएको मुसिकोट युवा क्लवले यस अघि रुद्रावती बहुमुखी क्याम्पसमा प्रजनन स्वास्थ्य र ट्राफिक सचेतनासम्बन्धी सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुका साथै नव बर्ष २०८० सालको अवसरमा मुसिकोट नगरपालिकाका विभिन्न महत्वपूर्ण धार्मिक तथा पर्यटकिय स्थल संगै मुसिकोट नगरपालिकाका विभिन्न संस्था र महत्वपुर्ण सम्पर्क नम्बर सहितको भित्ते पात्रो विमोचन गरेको थियो।

   
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया