Salime Malika Krishi Farm

Awareness Campaign

मुख्यमन्त्री पाण्डेद्वारा उदय रिघा बुद्ध विहारकोे उद्घाटन



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

अनिश पाठक, बागलुङ: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा ‘एकघर एक धारा’ को खानेपानी आयोजना आफ्नो सरकारको पहिलो प्राथमिक्ता भएको बताएका छन । अहिलेको अबस्थामा पनि नागरिक खानेपानीको सेवाबाट बञ्चित हुनु दुखत रहेको पाण्डेले बताउनुभयो ।

गलकोट नगरपालिका–११ रिघामा अवस्थित उदय रिघाबुद्ध विहारकोे उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डेले सो कुरा बताउनुभएको हो । रिघाको गुम्बा पर्यटकीय क्षेत्र भएकाले यसको विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

स्थानियले नै गुम्बाको मिलेर संरक्षण र प्रवद्र्धन गर्नुपर्ने उल्लेख गर्दै उहाँले प्रदेशको आगामी बजेटमा शिक्षा, स्वास्थ्य, कृषि उत्पादन र बजारिकरणमा जनताले बुझ्ने तरिकाले योजना अगाडि ल्याइने बताउनुभयो ।

सिंचाई
Forest
Ad.

विदेश कमाउन जाने युवालाई गाउँमै रमाउने कार्यक्रम ल्याउने र लिफ्टिङमार्फत खानेपानी योजना सञ्चालन गर्नुपर्ने क्षेत्रमा प्रदेश सरकारले निःशुल्क विद्युत्को व्यवस्था गर्ने समेत उहाँले घोषणा गर्नुभयो ।

उक्त गुम्बाको सङ्घ सरकार, प्रदेश सरकार, स्थानीय सरकार र वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा रहेका नेपालीको सहयोगमा सङ्कलित रु ८० लाख रकमबाट निर्माण गरिएको हो ।

कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दिपेन्द्रबहादुर थापाले रिघालाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा भिक्षु महासङ्घका केन्द्रिय सदस्य भान्ते निराङ्करले सो उदय रिघाबुद्ध विहार भिक्षुलाई हस्तान्तरण गर्नुभएको थियो । १२ वर्षअघि शिलान्यास गरिएको गुम्बा निर्माण समितिका अध्यक्ष शेरबहादुर घर्तीको पहलमा निर्माण गरिएको हो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया